ताजा अपडेट

 धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

 धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनुषा, साउन १३ । जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने दुईजना घाइते भएका छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छभने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् । साह आफ्नै ...
मौसम पूर्वानुमान

मौसम पूर्वानुमान

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १३ आज कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राती लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक‍/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...
नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन १३, देशैभर आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अ...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १२, आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू/भागका केही स्थानहरूमा तथा तराई भू/भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू९भाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।...
गुल्मीमा आगलागीबाट एकजनाको मृत्यु

गुल्मीमा आगलागीबाट एकजनाको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ११, गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं.५ वस्तु अमराईमा भएको आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ। वडाध्यक्ष केशवराज भण्डारीका अनुसार जुना मानसिक रूपमा कमजोर थिइन् र आफैंले आइतबार बिहान ५ बजे घरमा आगो लगाएकी थिइन्। आगो लागेपछि स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिई बस्तीमा फैलिन नदिएको जनाइएको छ। अहिले प्रहरीले मुजुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाउने तयारीमा छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, ताजा अपडेट, समाचार
साउन ११, आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
चारलेनको पुल बन्दै

चारलेनको पुल बन्दै

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन १०, नेपालमै पहिलो पटक चार लेनको पुल मुग्लिङ–पोखरा सडकखण्ड स्थित मादी नदीमा बन्दैछ । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने बाकि काम भैरहेको निर्माण कम्पनीले जनाएको छ । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले पुन डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड छ । काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ । पुलको लम्बाई ३१८ मिटर हुनेछ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन ९, मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना पनि छ ।  ...
देशभर मनसुनी वायुको प्रभाव कमजोर

देशभर मनसुनी वायुको प्रभाव कमजोर

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, सुदूरपश्चिम
साउन ८, हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। आजकोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  ...
बागलुङमा पाँच हजार घर भन्दा बढि बाढी पहिरोको जोखिममा

बागलुङमा पाँच हजार घर भन्दा बढि बाढी पहिरोको जोखिममा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ७, बागलुङमा यो वर्षको बर्खामा पाँच हजार भन्दा बढि घरधुरी बाढी पहिरोको जोखिममा रहेका छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ । निसीखोला गाउँपालिकामा  दुई हजार ४३८ ,बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४, काठेखोला गाउँपालिकामा ७२० र जैमिनीमा १६ घर भन्दा बढि बाढी पहिरोको जोखिममा छन् । वर्षातको कारण जुन जतिवेला पनि बाढी पहिरो आउन सक्ने भएको हुँदा सवै नागरिकलाई आवश्यक सतर्कता साथै पूर्व सचेत अपनाउनका लागी  लागी जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज