साउन ७,
बागलुङमा यो वर्षको बर्खामा पाँच हजार भन्दा बढि घरधुरी बाढी पहिरोको जोखिममा रहेका छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ ।
निसीखोला गाउँपालिकामा दुई हजार ४३८ ,बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४, काठेखोला गाउँपालिकामा ७२० र जैमिनीमा १६ घर भन्दा बढि बाढी पहिरोको जोखिममा छन् ।
वर्षातको कारण जुन जतिवेला पनि बाढी पहिरो आउन सक्ने भएको हुँदा सवै नागरिकलाई आवश्यक सतर्कता साथै पूर्व सचेत अपनाउनका लागी लागी जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।