गुल्मीमा आगलागीबाट एकजनाको मृत्यु

साउन ११,
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं.५ वस्तु अमराईमा भएको आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ। वडाध्यक्ष केशवराज भण्डारीका अनुसार जुना मानसिक रूपमा कमजोर थिइन् र आफैंले आइतबार बिहान ५ बजे घरमा आगो लगाएकी थिइन्।

आगो लागेपछि स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिई बस्तीमा फैलिन नदिएको जनाइएको छ। अहिले प्रहरीले मुजुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाउने तयारीमा छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज