साउन १३
आज कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राती लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।