साउन १०,
नेपालमै पहिलो पटक चार लेनको पुल मुग्लिङ–पोखरा सडकखण्ड स्थित मादी नदीमा बन्दैछ । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने बाकि काम भैरहेको निर्माण कम्पनीले जनाएको छ ।
नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले पुन डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड छ । काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।
पुलको लम्बाई ३१८ मिटर हुनेछ ।