ट्रेन्डिङ

सोमप्रसाद पाण्डेयको घरदैलो अभियान तीव्र

सोमप्रसाद पाण्डेयको घरदैलो अभियान तीव्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन २, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी माहोल तातिँदै गएको छ। पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेयले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग आफ्ना चुनावी एजेन्डा र विकासका योजनाबारे जानकारी गराइरहेका छन्। घरदैलो कार्यक्रमका क्रममा पाण्डेयले जनतामा देखिएको निराशा र आक्रोशलाई आशामा बदल्नुपर्ने बताए। समस्या बुझ्दै  दीर्घकालीन योजनामा सँगै लाग्ने प्रतिबद्धता बलियो बन्दै गएको उनले बताएका छन् । पाल्पाका विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा पाण्डेयले आफू नागरिकको सुख-दुःखमा सधैं साथमा रहेको दाबी गरे। उनले आगामी दिनमा निर्वाचित भए वा नभए पनि जनताको माग र आवश्यकताअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
रैनादेवी छहरा-५ का सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

रैनादेवी छहरा-५ का सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २, पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ अन्तर्गतका विभिन्न टोलबस्तीका सयौँ नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीय स्तरमा लामो समयदेखि सक्रिय रहेका नेता तथा कार्यकर्ताहरू एकैसाथ रास्वपामा प्रवेश गरेपछि क्षेत्रको राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ। रास्वपा पाल्पाका सभापति विष्णु भण्डारीका अनुसार उनीहरू परिवर्तनको सन्देशसहित पार्टीमा प्रवेश गरेका हुन्। उनले रैनादेवी छहरा क्षेत्रका जनताले नयाँ सोच, नयाँ संस्कार र उत्तरदायी नेतृत्व खोजिरहेको बताउँदै रास्वपामा बढ्दो आकर्षण त्यसैको संकेत भएको प्रतिक्रिया दिएका छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले पुराना दलबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै अब रास्वपामार्फत देशमा सकारात्मक रूपान्तरणको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, स...
वित्त आयोगको मुल्यांकनमा रिब्दीकोट पहिलो

वित्त आयोगको मुल्यांकनमा रिब्दीकोट पहिलो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २, राष्ट्रिय स्रोत तथा वित्त आयोग को मूल्याङ्कनमा रिब्दीकोट गाउँपालिका पहिलो भएको छ। पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये रिब्दीकोटले ६९.९८ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा रिब्दीकोट उत्कृष्ट ठहरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निकायले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। यस्तो मूल्याङ्कनले स्थानीय तहबीच प्रतिस्पर्धा बढाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।...
टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
फागुन २ तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बुटवलदेखि पाल्पा तर्फ आउदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकललाई विपरीत दिशातर्फ जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाईकलमा सवार नामथर नखुलेको एक पुरुष र एक महिला घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताईएको छ ।...
रवि लामिछाने पाल्पामा

रवि लामिछाने पाल्पामा

Breaking News 1, ट्रेन्डिङ, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १, पाल्पा । माघ महिना मौसम निकै चिसो । साँझ पनि परि सकेको । तर तानसेनका बासिन्दाहरूले त्यसको खासै वास्ता गरेनन् । उनीहरूका लागि त्यो चिसोभन्दा ठूलो कुरा थियो रवि लामिछानेलाई देख्ने अनि भेट्ने रहर । टुँडिखेलको गेट अगाडि मानिसहरूको बाक्लो भीड। कोही हातमा पार्टीको झण्डा बोकेका थिए, कोही मोबाइल तयार पारेर भिडियो खिच्न आतुर देखिन्थे, त कोही आफ्ना साथीहरूसँग कुराकानी गर्दै समय कटाइरहेका थिए । सबैको ध्यान थियो रवि लामिछाने कति बेला आइपुग्ने हुन् ! समय बित्दै जाँदा भीड झनै बाक्लो हुँदै गयो । विभिन्न उमेर समूहका मानिसहरूको उपस्थिति देखिन्थ्यो । कतिपयले नारा लगाउँदै माहोललाई तातो बनाइरहेका थिए। टुँडिखेलको आसपास सुरक्षाकर्मीहरू पनि थिए । अन्ततः प्रतीक्षाको घडी समाप्त भयो । रवि लामिछाने कार्यक्रम स्थलमा आइपुगे । उनको आगमनसँगै भीडमा धेरै हलचल मच्चियो दर्शकहरूले फूलका थुँगाले ...
पाल्पा २ मा डा.माधव थापाको घरदैलो अभियान तीव्र, तिनाउका बासिन्दासँग प्रत्यक्ष संवाद

पाल्पा २ मा डा.माधव थापाको घरदैलो अभियान तीव्र, तिनाउका बासिन्दासँग प्रत्यक्ष संवाद

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९ ,पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिकाको लामाचौर, भ्याग्ला, बगाहा र हरियाली क्षेत्रमा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो एजेन्डा र योजनाबारे जानकारी गराउने उद्देश्यले उहाँ निरन्तर गाउँ-गाउँ, टोल-टोलमा पुग्नुभएको छ । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले सडक सुधार, खानेपानीसहज उपलब्ध गराउने, युवालाई रोजगारी दिने र राम्रो स्वास्थ्य सेवा दिने जस्ता मागहरू राखेका थिए । यी सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता डा. थापाले व्यक्त गर्नुभयो । कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । यस्तै, आज साँझ ६:३० बजे तानसेनको टुँडिखेलमा विशेष सभा आयोजना गरिएको छ । उक्त सभामा पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने कार्यक्रम रहेको छ । र...
पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
माघ २९, पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ भएको छ। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको हो । माघ २२ गतेदेखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ अवधिभर प्रमुख वाचक भिमलाल भट्टराईले संगीतपूर्ण शैलीमा शिवपुराण कथा वाचन गर्ने आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यले जानकारी दिए ।...
गुल्मी-१ मा चुनावी सरगर्मी तीव्र, २१ उम्मेदवार प्रतिस्पर्धामा

गुल्मी-१ मा चुनावी सरगर्मी तीव्र, २१ उम्मेदवार प्रतिस्पर्धामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९, गुल्मी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र बनाएका छन् । यस क्षेत्रमा १० दल र ११ स्वतन्त्र गरी कुल २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा (एमाले) बाट प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल र नेकपाबाट सुदर्शन बराल मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच विगतमा कडा प्रतिस्पर्धा हुँदै आएको छ भने यसपटक नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ । कुल १ लाख २२ हजार १८६ मतदाता रहेको यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र तोकिएका छन् । देशका ठूला दलका उच्च प्रोफाइल नेताबीच हुने यस निर्वाचनल...
पाल्पा-२ मा रास्वपा उम्मेदवार डा.माधव थापाको घरदैलो अभियान तीव्र

पाल्पा-२ मा रास्वपा उम्मेदवार डा.माधव थापाको घरदैलो अभियान तीव्र

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
निराजन पौडेल माघ २९, पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार डा।माधव थापाले आफ्नो घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्रता दिनुभएको छ । गाउँ-गाउँ , टोल-टोलमा पुगेर मतदातासँग भेटेर संवाद गरिरहनुभएका थापाले यसपटक परिवर्तनका पक्षमा उभिन सबै मतदातालाई आग्रह गर्नुभएको छ । पछिल्ला केही दिनयता पाल्पाका विभिन्न वडाहरूमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ । घरदैलो अभियानका क्रममा डा.थापाले स्थानीय समस्या, विकासका सम्भावना तथा नागरिकका हरेक गुनासा चासोपूर्वक सुनुवाइ गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखी दीर्घकालीन योजना सहित अघि बढ्न...
पाल्पामा राजनीतिक चहलपहल बढ्दै, रवि लामिछानेको जनसंवाद कार्यक्रम आज

पाल्पामा राजनीतिक चहलपहल बढ्दै, रवि लामिछानेको जनसंवाद कार्यक्रम आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी
निराजन पौडेल माघ २९, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने आज पाल्पा आउने भएका छन्। लामिछाने जनसंवाद कार्यक्रमका लागि पाल्पा आउँदै गर्दा जिल्लाको राजनीतिक माहोल थप सक्रिय बनेको छ । पछिल्लो समय देशव्यापी रूपमा सञ्चालन भइरहेको केन्द्रीय जनसंवाद अभियानअन्तर्गत लामिछाने विभिन्न जिल्लामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। सोही अभियानको निरन्तरतामा आज उनको पाल्पा आगमन हुन लागेको हो । रास्वपा पाल्पाका जिल्ला सभापति विष्णु भण्डारीका अनुसार लामिछाने आज दिउँसो करिब ४ बजे रामपुर आइपुग्ने कार्यक्रम तय भएको छ । रामपुरमा छोटो स्वागत कार्यक्रमपछि उनी साँझ ६ बजे तानसेन आउने कार्यतालिका रहेको छ । तानसेनस्थित टुँडिखेलमा शुभेच्छुक तथा समर्थकहरूसँग भेटघाट तथा सम्बोधन कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा उनले पार्टीको वर्तमान गतिविधि, भावी रणनीति र समसा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज