ट्रेन्डिङ

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १४ कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ । उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।...
गरिव जनताका लागी विधुत सेवा शुल्कमा पचास प्रतिशत छुट

गरिव जनताका लागी विधुत सेवा शुल्कमा पचास प्रतिशत छुट

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १४ नेपाल विद्युत् प्राधिकरणले गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताहरूलाई मासिक विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिइने तयारी थालिएको हो । विगतमा २० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताले मासिक ३० रूपैयाँ सेवा शुल्क तिर्दै आएका थिए । शाक्यका अनुसार मंगलबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सेवाशुल्कमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको हो र विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि सिफारिस गरिएको छ । यस निर्णयले न्यून आय भएका र कम बिजुली बाल्ने उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्नेछ । नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि यो योजना कार्यान्वयनमा आउनेछ ।...
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १४ अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।...
कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १३ कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुनः नियुक्त गर्न माग राख्दै नारावाजी गरेका थिए । प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।...
घाँस काट्दा रुखबाट लडेर मृत्यु

घाँस काट्दा रुखबाट लडेर मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १३ पाल्पाको बगनासकालीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली-७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराईको मृत्यु भएको हो। बुधबार बिहान ८ बजे घाँस काट्न रुखमा चढेका भट्टराई अचानक रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा : चन्द्रबहादुर थापा

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा : चन्द्रबहादुर थापा

ट्रेन्डिङ, ताजा अपडेट, स्वास्थ्य
चैत १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मङ्गलबार मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार ल्याएर आमनागरिकको पहुँच बढाउन आग्रह गरेका छन् ।...
मांसपेशी कमजोर बनाउने जटिल रोगबाट नेपालमा झन्डै ८ सय जना प्रभावित, सुझाव दिन समिति गठन

मांसपेशी कमजोर बनाउने जटिल रोगबाट नेपालमा झन्डै ८ सय जना प्रभावित, सुझाव दिन समिति गठन

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, स्वास्थ्य
चैत १३ मांसपेशी कमजोर बनाउने जटिल रोग 'मस्कुलर डिस्ट्राेफी'  बाट नेपालमा झन्डै आठ सय जना प्रभावित रहेका पाइएको छ । मांसपेशी कमजोर बनाउँदै हिँडडुल तथा आवतजावतमै समस्या पार्ने आनुवांशिक रोगका बिरामी बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग भएका बालबालिका तथा अन्यलाई अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्छ । यो रोगको पहिचान, उपचार, रोकथाम एवम् पुनर्स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिस्ट प्रा. डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन भएको छ । समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रोहितकुमार पोखरेल,'मस्कुलर डिस्ट्राेफी' फाउन्डेशन नेपालु का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. मिता शाह राना र मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल रहनुभएक...
ट्रक खस्दा चालकको मृत्यु

ट्रक खस्दा चालकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १२ चितवनको मुग्लिन–नारायणगढ सडकमा मंगलबार बिहान कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको हो । रौतहटमै घर भएका सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव भने घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूली नदीमा खसेको बताइएको छ । घटनालगत्तै प्रहरीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएकोमा घाइते चालक रामनारायणको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । १०औँ महाधिवेशनमा पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षका अर्का दावेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा चयन भएका हुन् ।...
टिकटकले ल्यायो नयाँ टुल साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

टिकटकले ल्यायो नयाँ टुल साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत १० भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्पहरू प्रदान गर्छ । जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिङ्क गर्ने, तपाईंसँग लग इन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न दुई–कारक प्रमाणीकरण गर्ने र अनुहार पहिचान वा फिङ्गरप्रिन्ट जस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ । सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने कुनै पनि शङ्कास्पद गतिविधिको निगरानी गर्ने र उपयुक्त क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज