चैत २५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । उनलाई आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तलसीपुर इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।
उनलाई शुक्रबार नै पक्राउ गरेर भैरहवा ल्याइएको हो ।...
२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार by Bihani PostNo Comments
चैत २५
नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन आजदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । देशभरका सबै विद्यालय बन्द गरी शिक्षक कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै, त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।
‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौँ,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।’
...
२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार by Bihani PostNo Comments
चैत २५
वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै दोस्रो स्थानमा छ। सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो।
यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ। अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ छ।
प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २६० छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ छ।
चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन्। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च...
२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार by Bihani PostNo Comments
चैत २५
अफगानिस्तानको १९ वर्षमुनि टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले हार व्यहोरेको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हिजो २४ गते भएको खेलमा नेपाल १ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १ सय २६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २र२ विकेट लिए ।
योसँगै अफगानिस्तानले तीन खेलको ...
२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार by Bihani PostNo Comments
निराजन पौडेल
पाल्पा
चैत्र २४
द हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर,बुटवलले “डिजाइनर रनवे शिजन ५” कार्यक्रम ल्याउने भएको छ । कार्यक्रममा नयाँ वर्षको आगमन सँगै नयाँ आशा र डिजाइनरहरुको मेहनतको सुन्दर कलालाई प्रस्तुत गरिने संस्थाकि प्रमूख हिरा पेग्नीले बताउनुभयो ।
महिलाहरुलाई नयाँ ज्ञान,सीप सिकाई आत्मनिर्भर बनाउनु यो संस्थाको प्रमूख उद्देश्य हो । पेग्नी भन्नुहुन्छ "आफ्नो हातमा सीप भएपछि आत्मनिर्भर बन्न सकिन्छ । बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा अंगाल्नका लागि यो सीप सबैले सिक्न अति आवश्यक रहेको छ ।"
कार्यक्रममा डिजाइनरहरुको संख्या ३५ जना भन्दा बढि सहभागि हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा पाल्पाबाट मनिसा केसी र गिता सारु सहभागि हुँदैछन् । विगत बाह्र महिना देखी उनीहरु हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा आबद्ध रहेका छन् । कार्यक्रम यही चैत्र २८ गते टाइगर ...
२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार by Bihani PostNo Comments
चैत २४
काठमाडौंमा आन्दोलनरत शिक्षकहरू आज सिठ्ठी बजाउँदै सडकमा निस्किएका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज सरकारको ध्यानाकर्षण गराउन विरोध स्वरुप र्यालीको क्रममा सिठ्ठी बजाउँदै आन्दोलन गरेका हुन् ।
शिक्षकहरूले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा नै गरेका छन् ।...
२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार२३ चैत्र २०८१, आईतवार by Bihani PostNo Comments
चैत २३
मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भिर पाखामा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने भएका हो ।
सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार चैत २३ देखि आगामी वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ । तम्घास रिडी सडक खण्ड बन्द भए पनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था भने गरिएको छ ।
रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।...
२१ चैत्र २०८१, शुक्रबार२१ चैत्र २०८१, शुक्रबार२१ चैत्र २०८१, शुक्रबार by Bihani PostNo Comments
चैत २२
रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार महिला बेपत्ता भएको उजुरी परिवारले प्रहरीमा दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।
महिलाको खोजीका क्रममा तालिम प्राप्त कुकुरको सहयोग लिइएको उनले जानकारी दिए । सोही कुकुरको सहयोगमा खोजी गर्ने क्रममा जंगलमा गाडिएको अवस्थामा बिहीबार शव फेला पारेको रौतहट प्रहरी कार्यालय जनाएको छ ।
परिवारका गत चैत १४ गतेदेखि महिला बेपत्ता भएकी थिइन् । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुनसक्ने आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
२१ चैत्र २०८१, शुक्रबार२१ चैत्र २०८१, शुक्रबार२१ चैत्र २०८१, शुक्रबार by Bihani PostNo Comments
चैत २२
आजदेखी दोस्रो तानसेन महोत्सव हुने भएको छ। पाल्पा व्यापार संघको आयोजनामा हुने महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि उद्योगको विकास र विस्तारमा महोत्सवले टेवा पुग्ने उनले बताए। महोत्सवमा तीन सयभन्दा बढी स्टल रहनेछन्। नेपालको पहिलो र ठूलो फिस टनेल महोत्सवमा मुख्य आकर्षकको रूपमा रहेको छ।
कृषि उत्पादन, लघु तथा घरेलु उत्पादनको प्रदर्शनी, शैक्षिक सामग्री, विभिन्न वेशभूषा, कला संस्कृति झल्किने झाँकी प्रदर्शन हुने संघका महासचिव तुलबहादुर अधिकारीले जानकारी गराए ।
तानसेन नगरपालिका मुख्य आयोजक रहेको महोत्सव को व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले गर्नेछ । पाँच लाख दर्शकले अवलोकन गर्ने म...
१९ चैत्र २०८१, बुधबार१९ चैत्र २०८१, बुधबार१९ चैत्र २०८१, बुधबार by Bihani PostNo Comments
चैत २०
गत चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रण गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुली उच्च सम्मानका साथ पुरस्कृत भएका छन् ।
बुधबार आयोजित विशेष समारोहमा भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो ।
गत चैत १५ गते राजावादी समूहको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।
...