लुम्बिनी

आज यि प्रदेशमा भारी वर्षाको सम्भावना

आज यि प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 2, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २४, मौसम साधरणतया बदली रहेको छ। देशभर गए राती देखी अहिले सम्म हल्का देखी मम्ध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग

पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
सााउन २२, रामपुरमा कालीगण्डकी नदी किनारमा पैदलमार्ग निर्माण भएको छ । कालीगण्डकीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वलाई जोगाउँदै पर्यटकलाई आकर्षक गर्न पैदलमार्ग निर्माण गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वडा नं. १ को स्याउली बजारदेखि विभिन्न धार्मिक तथा पर्यटकीय स्थल हुँदै वडा नं. १० को बालासिद्ध मन्दिरसम्म ३४ किलोमिटर लम्बाइको ट्र्याक खोली गत वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा दुई हजार ५६७ मिटर ढुङ्गा तथा इँटा राखेर पैदलमार्ग निर्माण गरिएको रामपुर नगरपालिकाले जनाएको छ । कालीगण्डकी नदी किनारमा पैदलमार्ग निमार्ण भइसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बाक्लो उपस्थीति रहने सम्भावना देखिन्छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन २२, देशभर मनसुनको प्रभाव कायमै रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २१, देशभर विभिन्न स्थानमा पानी पर्ने क्रम आज पनि जारी नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी ,लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा अधिकांश बदली रहनेछ । लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेशको केही स्थानमा आशिंक तथा भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।...
अबको ३ दिनसम्म नै मनसुन सक्रिय रहने

अबको ३ दिनसम्म नै मनसुन सक्रिय रहने

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १८, जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा पनि हल्का वर्षा भइरहेको छ । अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने मौसमविद् कडेलले जानकारी दिएका छन् । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ...
कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च

कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च

Breaking News 1, लुम्बिनी
साउन १८, लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । नदीको बहाब बढेपछि पर्वतका बगरफाँट, वारीबेनी, मालढुङ्गा, जैमिनीघाटलगायतका तटीय क्षेत्र जोखिममा परेका छन् । विश्वकै ठूलो शालिग्राम शिला र आसपासका संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन समेत बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिए पनि बाढीको कारण पर्वत, स्याङ्जा र गुल्मीको सीमावर्ती सेतीवेणी बजार डुबानको उच्च जोखिममा परेको छ ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
साउन १८, देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
तानसेनमा दोश्रो रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने

तानसेनमा दोश्रो रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन १७, तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । खेल क्षेत्रको विकास सँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पुुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगद पुुरस्कार प्राप्त गर्ने छन् । खेल श्रीनगर भलिबल क्लवको आयोजनामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।...
त्रिभुवन बहुमुखी क्याम्पसमा अब विएस्सी सिएस आइटी पढाइ हुने

त्रिभुवन बहुमुखी क्याम्पसमा अब विएस्सी सिएस आइटी पढाइ हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन १७, त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा कम्युटर बिज्ञान तथा सूचना प्रबिधि विएस्सी सिएस आइटी पढाइ हुने भएको छ । पछिल्लो समय पुराना बिषयहरु प्रती विद्यार्थीहरुको आकर्षण घट्दै गइरहेको अबस्थामा त्रिभुवन बहुमुखी क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि बिषय पढाई हुन लागेको हो । बिबिएमा देशमै प्रथम हुन सफल यस क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी कार्यक्रमलाई समेत उत्कृष्ट बनाउने गरि तयारी गरिएको क्याम्पस प्रमुख डाक्टर टंक प्रसाद पन्थले बताउनुभयो । उहाँले देशको माग अनुसार घरमै बसेर लाखौं आम्दानी गर्न सकिने बिषय यस क्याम्पसमा आएकाले यस क्षेत्रका विद्यार्थीहरु अब काठमाडौ बुटवल आइटी पढ्नैका लागि जान नपर्ने बताउनुभयो । क्याम्पस प्रमुख पन्थका अनुसार पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङसम्मका बिद्यार्थीहरु लाभान्वित हुनेछ्न । पछिल्लो समय बिधालय, सरकारी कार्यालय, कम्पनी ,...
अविरल वर्षाले रिडी–वामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाले रिडी–वामीटक्सार सडक अवरुद्ध

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन १३, हिजो रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । अवरुद्ध सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली खटिएको छ । त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह समेत गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज