Breaking News 2

काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
वैशाख ७, शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ ।यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने सरकारले तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भइसकेको छ । सरकारले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुनेगरी भर्ना अभियान सञ्चालन गर्न र गराउन भनिएको छ । तर यहाँ शिक्षक, भर्ना अभियानभन्दा पनि आफ्नो माग पूरा गर्नका लागि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि समुदायिक विद्यालयको शैक्षिक गतिविधि बन्द गरेर शिक्षक सडक आन्दोलनमा गएपछि विद्यालय भर्ना अभियान शुन्य भएको हो । शिक्षकहरुको आन्दोलन आज १९ औं दि...
शिक्षकहरूको आन्दोलन आज १७ औं दिन पनि जारी

शिक्षकहरूको आन्दोलन आज १७ औं दिन पनि जारी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
शिक्षकहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा विधेयक यथाशक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डौमा गरिरहेको आन्दोलनको आज १७औं दिन भइसकेको छ । शिक्षकहरू आज पनि माइतीघर मण्डलामा भेला भएर बानेश्वर पुगेका छन् । उनीहरूको प्रदर्शनका कारण माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका शैक्षिक गतिविधि र परीक्षामा सहभागी नहुने बताउँदै आएको छ । महासङ्घको नेतृत्वमा शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्का...
आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
वैशाख ५, आज सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।  ...
शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख ५ कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन् । तर, कम्पाउन्ड बाहिरवाट हानेको गोली आफूले छलेकोले चोटपटक नलागेको उनले जनाएका छन् । साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।...
नेपालमा भेटियो नयाँ प्रजातिको चरा, सङ्ख्या पुग्यो आठ सय ९९

नेपालमा भेटियो नयाँ प्रजातिको चरा, सङ्ख्या पुग्यो आठ सय ९९

Breaking News 2, ताजा अपडेट, समाचार
वैशाख ४, नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाएका थिए । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चरा...
प्रतिलिटिर ३/३ रुपैयाले पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

प्रतिलिटिर ३/३ रुपैयाले पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

Breaking News 2, समाचार
वैशाख ३, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । लिटर पेट्रोलमा रु. ३ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।...
नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना- एकतालाई शक्तिको रुपमा विकास गरेर अगाडी बढ्नुपर्छ

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना- एकतालाई शक्तिको रुपमा विकास गरेर अगाडी बढ्नुपर्छ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२०८२ बैशाख ०१, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ सालको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । हिजो शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले नयाँ वर्षमा एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् । ‘जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन्। यस्तै उनले राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत नपुग्ने भएकाले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र सफलता पाउन सक्ने उल्लेख गरेका छन् । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न सका...
बगनासकालीका लाभग्राहीको खातामा पुग्यो सामाजिक सुरक्षा भत्ता

बगनासकालीका लाभग्राहीको खातामा पुग्यो सामाजिक सुरक्षा भत्ता

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
चैत २९ भोजराज भट्टराई पाल्पाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । गाउँपालिकाभित्र तेस्रो त्रैमासिकमा गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता खान योग्य ३ हजार १ सय ८७ लाभग्राहीको लागि ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपैंया गाउँपालिकाले लाभग्राहीको नेपाल बैंकमा रहेको खातामा जम्मा गरिदिएको हो । जसअन्तर्गत जेष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ९ सय ९५ जनाको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपैंया, जेष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस रुपैंया लाभग्राहीको खातामा जम्मा भएको छ । यस्तैगरी २ सय ५५ जना जेष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय रुपैंया, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपैंया जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ नब्बे...
शैक्षिक हड्तालका कारण विद्यालय प्रभावित, गुल्मीको चन्द्रकोट पालिका द्वारा विज्ञप्ती जारी

शैक्षिक हड्तालका कारण विद्यालय प्रभावित, गुल्मीको चन्द्रकोट पालिका द्वारा विज्ञप्ती जारी

Breaking News 2, लुम्बिनी, शिक्षा, समाचार
चैत २७ शैक्षिक हड्तालका कारण देशभरका सामुदायिक विद्यालय प्रभावित भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल बनाउन दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत प्रभावित भएका छन् । यसै सन्द्रर्भमा, गुल्मीको चन्द्रकोट गाउपालिका द्रारा एक विज्ञप्ती जारी गर्दै नेपालको संविधान जारी भएको लामो समय सम्म पनि संघीय शिक्षा ऐन जारी हुन नसक्दा समग्र शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । सरकारलाई शिक्षक महासंघका विगतमा भएका सम्झौता अनुरुप जायज मागहरुलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रिया द्धारा विधालय शिक्षा ऐन जारी गरी समस्या सामाधान गर्न अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ । आन्दोलनको प्रभावबारे जानकार भए पनि आफूहरु बाध्य भएको शिक्षक महासंघको तर्क छ । रा...
आज जनआन्दोलन दिवस

आज जनआन्दोलन दिवस

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चैत २६ नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको हो । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज