चैत २७
शैक्षिक हड्तालका कारण देशभरका सामुदायिक विद्यालय प्रभावित भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल बनाउन दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत प्रभावित भएका छन् ।
यसै सन्द्रर्भमा, गुल्मीको चन्द्रकोट गाउपालिका द्रारा एक विज्ञप्ती जारी गर्दै नेपालको संविधान जारी भएको लामो समय सम्म पनि संघीय शिक्षा ऐन जारी हुन नसक्दा समग्र शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । सरकारलाई शिक्षक महासंघका विगतमा भएका सम्झौता अनुरुप जायज मागहरुलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रिया द्धारा विधालय शिक्षा ऐन जारी गरी समस्या सामाधान गर्न अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ ।
आन्दोलनको प्रभावबारे जानकार भए पनि आफूहरु बाध्य भएको शिक्षक महासंघको तर्क छ । राजधानी केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले अनिश्चिकालीन शैक्षिक हडताल गर्दै आएका छन् ।