Breaking News 2

नेपाल १ रनले अफगास्तिानसँग हार्यो

नेपाल १ रनले अफगास्तिानसँग हार्यो

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
चैत २५ अफगानिस्तानको १९ वर्षमुनि टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा  नेपाली युवा टोलीले हार व्यहोरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हिजो २४ गते भएको खेलमा नेपाल १ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १ सय २६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २र२ विकेट लिए । योसँगै अफगानिस्तानले तीन खेलको ...
सिठ्ठी बजाउँदै शिक्षकहरू सडकमा

सिठ्ठी बजाउँदै शिक्षकहरू सडकमा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
चैत २४ काठमाडौंमा आन्दोलनरत शिक्षकहरू आज सिठ्ठी बजाउँदै सडकमा निस्किएका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज सरकारको ध्यानाकर्षण गराउन विरोध स्वरुप र्‍यालीको क्रममा सिठ्ठी बजाउँदै आन्दोलन गरेका हुन् । शिक्षकहरूले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा नै गरेका छन् ।...
अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, दुई घाइते

Breaking News 2, लुम्बिनी, समाचार
चैत २४ अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी-खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घटनामा परी दुई जना घाइते भएका छन् । मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप (बलेरो) अनियन्त्रित भई दुर्घटना भएको अर्घाखाचीबाट प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ बजेर ५५ मा चिकित्सकले मृत घोषणा गरेको मल्ल जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

Breaking News 2, बागमती, राजनीति, समाचार
चैत २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका हुन् ।...
गाडिएको अवस्थामा महिलाको शव फेला, २ जना पक्राउ

गाडिएको अवस्थामा महिलाको शव फेला, २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश
चैत २२ रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार महिला बेपत्ता भएको उजुरी परिवारले प्रहरीमा दिएपछि अनुसन्धान सुरु गरिएको थियो । महिलाको खोजीका क्रममा तालिम प्राप्त कुकुरको सहयोग लिइएको उनले जानकारी दिए । सोही कुकुरको सहयोगमा खोजी गर्ने क्रममा जंगलमा गाडिएको अवस्थामा बिहीबार शव फेला पारेको रौतहट प्रहरी कार्यालय जनाएको छ । परिवारका गत चैत १४ गतेदेखि महिला बेपत्ता भएकी थिइन् । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुनसक्ने आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
चैत १९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फकुवा गर्न आग्रह गरेका छन् । आज सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् । सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन गरिएको थियो ।
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत्र १८ सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।...
कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १४ कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ । उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।...
पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

पदबाट बर्खात भएपछि सर्वोच्च पुगे कुलमान

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
चैत १४ आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्। बुधबार ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। ‘कार्यालय समय सकिने बेलामा उहाँको रिट आइपुगेको छ,’ उनले भने, ‘हेर्न भ्याइएको छैन। बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढ्छ।’ उनले अधिवक्ता लोकमणि पोखरेलमार्फत सर्वोच्चमा रिट दिएका हुन्। घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरेका छन्। उनले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशसमेत माग गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारले घिसिङलाई हटाएर हिदेन्द्रदेव शाक्यलाई प्राधिकरणक...
कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १३ कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुनः नियुक्त गर्न माग राख्दै नारावाजी गरेका थिए । प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज