Breaking News 1

गोर्खेकोट देउरालीमा खुला व्यायामशालाको उद्घाटन

गोर्खेकोट देउरालीमा खुला व्यायामशालाको उद्घाटन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार २१, जयराम सापकोटा । तानसेन नगरपालिका वडा नं.१ अन्तर्गत गोर्खेकोट देउरालीमा निर्माणाधीन खुला व्यायामशालाको उद्घाटन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री खेमबहादुर सारुले दीप प्रज्वलन गरी व्यायामशालाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा, भुसलडाँडा मावीका सहप्राध्यापक सुन्दर श्रेष्ट, न्यु एकता क्लवका निवर्तमान अध्यक्ष नारायण न्यौपाने, नेकपा एमाले नगरकमिटि अध्यक्ष गुराँस आत्रेय, वडानम्वर १ का वडाध्यक्ष शुनिल कुमार वस्याल लगायतले स्वाथ्य मन्त्रीलाई व्यायमशाला निर्माणका लागी वजेट विनियोजन गरिदिनु भएकोमा धन्यवाद दिदै, खुल्लाव्यायम शालालाई ओतलाग्ने ट्रस निर्माण एवं ट्बाइलेट निमार्ण गर्न तथा भुसलडाँडा मावीमा आवश्यक पुर्वाधार वारे विद्यालयको अवलोकन गर्न र भुसलडाँडा क्षेत्रमा क्रियापुत्री भवन निर्माणका लागी वजेट विनियोजन गरिदिन अनुरोध गरेका थिए । भने वक्ताहरुले मिशन हस्...
नयाँ सरकारी कर्मचारीले अब पेन्सन नपाउने

नयाँ सरकारी कर्मचारीले अब पेन्सन नपाउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार २०, सरकाले नयाँ सरकारी कर्मचारीलाई अब पेन्सन नदिने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८/र८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन र उपदान नदिई, त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको हो । नयाँ प्रणाली अनुसार, अब सरकारी सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीले नियत योगदानको आधारमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्नेछ, जुन सेवानिवृत्तिपछि लाभको रूपमा फिर्ता पाइनेछ। यसले वर्तमान पेन्सन प्रणालीले राज्यको आर्थिक बोझ बढाइरहेको अवस्थालाई व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ।...
सिद्धबाबा सुरुङमार्गको काम ५६.३ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङमार्गको काम ५६.३ प्रतिशत सम्पन्न

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
  असार १९, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम ५६.३ प्रतिशत सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ । बुटवल-तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजना अन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । सुरुङमार्ग २०८३ मा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु हो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यो सडक हुँदै गुल्...
रुसी ‘कार्गाे’ अन्तरिक्षयानको मिसन सम्पन्न

रुसी ‘कार्गाे’ अन्तरिक्षयानको मिसन सम्पन्न

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
असार १९ रुसी अन्तरिक्षयान 'प्राेग्रेस एमएस–२९' काे मिसन सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी 'कार्गाे' (मालवाहक) अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । 'प्रोग्रेस एमएस–२९' रुसले विकास गरेको मानवरहित आपूर्ति यान हो जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पुर्‍याउन सहयाेग गर्छ । यो 'प्रोग्रेस एमएस' शृङ्खलाभित्रको यान हो । 'प्रोग्रेस एमएस–२९' मा उन्नत नेभिगेसन, स्वचालित डकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटिक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्छ । याे यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षे...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार १८ हाल देशभर मनसुनी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले गण्डकीदेखि पश्चिमका ठाउँहरुमा पानी परिरहेको छ ।
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार १६, हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
आज असार १५, धान दिवस मनाइँदै

आज असार १५, धान दिवस मनाइँदै

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार १५, हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ । असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।  ...
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
असार १४ देशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  धेरै भारी वर्षाको सम्भावना रहेको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

Breaking News 1, शिक्षा, समाचार
असार १३, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
असार १३, गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्र्तगत दिगामचौर निवासी ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गिता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहीनायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् । बिहीबार दिउसोे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि राती नै उनीहरूलाई टाउको दुख्ने रिंगाटा लाग्ने र बान्ताहुने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामी परेका तिनै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज