खेलकुद

एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

खेलकुद
  चैत १३ नेपालले एसियाकप छनोटको तेस्रो चरण हारसँगै सुरुआत गरेको छ । नेपाल समूह ‘एफ’को खेलमा मलेसियाको हातबाट २–० ले पराजित रहेको हो । नयाँ प्रशिक्षकका रूपमा म्याट रस भित्रिएयता नेपालको यो पहिलो हार हो । यसअघि नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा सिंगापुरलाई हराएको थियो । जोहरको सुल्तान इब्राहिम लार्किन रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपे । यसै समूहको अर्को खेलमा भियतनामले शानदार सुरुआत लिंदै लाओसलाई ५–० ले हरायो र शीर्ष स्थानका लागि आफू नै बलियो प्रत्यासी रहेको प्रमाणित गर्‍यो । यस नजितासँगै भियतनाम र मलेसिया समान ३र३ अंकमा रहे । नेपाल र लाओस शून्य अंकमा रहे ।  ...
आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत

खेलकुद
चैत १३ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ । हिजो भएको खेलमा पञ्जाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ३२ रन मात्रै बनाउन सक्यो । गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए । जस बटलरले ५४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए । त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४३ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस अय्यरले सर्वाधिक ९७ रन बनाए । प्रियान्स आर्यले ४७ रन जोडे । गुजरातका शाई किशोरले तीन विकेट लिए । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । भारतको गुवाहाटीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।...
अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

खेलकुद, समाचार
चैत १३ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीले पनि आफ्नो तयारीलाई तिब्रता दिइरहेका छन् । एक फरक कार्यक्रम मार्फत काठमाडौं रेजर्स र लुम्बिनी थन्डर्सले आफ्नो जर्सी सार्वजनिक गरेका हुन् । यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदैछ । आगामी शनिबारदेखि एनएसएलको तेस्रो संस्करणका खेल दशरथ रंगशालामा सुरु हुने तय छ ।...
एसियन कप फुटबल स् आज  नेपाल र मलेसिया भिड्ने

एसियन कप फुटबल स् आज  नेपाल र मलेसिया भिड्ने

खेलकुद, समाचार
चैत १२ ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ । नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो ।...
राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

कर्णाली, खेलकुद, ताजा अपडेट, मधेस प्रदेश, समाचार
चैत १० राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनको भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित अवधिको खेल एक / एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो वर्ष लिगसहित तीन वटा उपाधि जितेको छ ।...
काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

खेलकुद, समाचार
चैत ०८ सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ । काभाले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म, काठमाडौंमा हुनेछ। नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिले फेरी नेपालले काभा महिला च्याम्पियन्स लिग–२०२५ आयोजना गर्ने जिम्मेवारी पुनः प्राप्त गरेको हो । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ । नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।...
प्रधानमन्त्री कप: क्रिकेटमा पुलिसको पाँचौं जीत

प्रधानमन्त्री कप: क्रिकेटमा पुलिसको पाँचौं जीत

खेलकुद
चैत ०४ प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए । यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार पाँचौं जीत हो ।...
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

खेलकुद, ताजा अपडेट
चैत ०४ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन् । प्रिमियर लिगमा ७० अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा छ । ५८ अङ्कका साथ आर्सनल दोस्रो र ५४ अङ्क रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । ४९ अङ्क रहेको चेल्सी चौथो स्थानमा छ ।
चार देशीय सिरिज : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

चार देशीय सिरिज : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत ०३ नेपालले आज जारी चार देशीय महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो । नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एकएक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एकएक खेलमा पराजित गरेको थियो । अब तेस्रो स्थानका लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै, फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।...
सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत्र ०१ नेपालले हङकङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए। पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्। हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज