समाचार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १४ अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गम्भीर घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।...
कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १३ कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुनः नियुक्त गर्न माग राख्दै नारावाजी गरेका थिए । प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।...
घाँस काट्दा रुखबाट लडेर मृत्यु

घाँस काट्दा रुखबाट लडेर मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत १३ पाल्पाको बगनासकालीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली-७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराईको मृत्यु भएको हो। बुधबार बिहान ८ बजे घाँस काट्न रुखमा चढेका भट्टराई अचानक रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली

खेलकुद, समाचार
चैत १३ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीले पनि आफ्नो तयारीलाई तिब्रता दिइरहेका छन् । एक फरक कार्यक्रम मार्फत काठमाडौं रेजर्स र लुम्बिनी थन्डर्सले आफ्नो जर्सी सार्वजनिक गरेका हुन् । यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदैछ । आगामी शनिबारदेखि एनएसएलको तेस्रो संस्करणका खेल दशरथ रंगशालामा सुरु हुने तय छ ।...
ट्रक खस्दा चालकको मृत्यु

ट्रक खस्दा चालकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत १२ चितवनको मुग्लिन–नारायणगढ सडकमा मंगलबार बिहान कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको हो । रौतहटमै घर भएका सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव भने घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूली नदीमा खसेको बताइएको छ । घटनालगत्तै प्रहरीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएकोमा घाइते चालक रामनारायणको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
एसियन कप फुटबल स् आज  नेपाल र मलेसिया भिड्ने

एसियन कप फुटबल स् आज  नेपाल र मलेसिया भिड्ने

खेलकुद, समाचार
चैत १२ ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ । नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो ।...
सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । देशभर भने कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।  ...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत १२ नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् । १०औँ महाधिवेशनमा पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षका अर्का दावेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा चयन भएका हुन् ।...
राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला फुटबल खेलको उपाधि एपीएफलाई

कर्णाली, खेलकुद, ताजा अपडेट, मधेस प्रदेश, समाचार
चैत १० राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनको भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । निर्धारित अवधिको खेल एक / एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो वर्ष लिगसहित तीन वटा उपाधि जितेको छ ।...
टिकटकले ल्यायो नयाँ टुल साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

टिकटकले ल्यायो नयाँ टुल साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत १० भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्पहरू प्रदान गर्छ । जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिङ्क गर्ने, तपाईंसँग लग इन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न दुई–कारक प्रमाणीकरण गर्ने र अनुहार पहिचान वा फिङ्गरप्रिन्ट जस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ । सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने कुनै पनि शङ्कास्पद गतिविधिको निगरानी गर्ने र उपयुक्त क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज