समाचार

आजको मौसम

आजको मौसम

Breaking News 1, लुम्बिनी, समाचार
जेठ १८, हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।...
वद्रेश्वर शिवालयधाममा वराहपुराण ज्ञानमहायज्ञको पूर्वसन्ध्यामा विस्तारित बैठक सम्पन्न, विभिन्न समिति गठन

वद्रेश्वर शिवालयधाममा वराहपुराण ज्ञानमहायज्ञको पूर्वसन्ध्यामा विस्तारित बैठक सम्पन्न, विभिन्न समिति गठन

लुम्बिनी, समाचार
जेठ १८, जयराम सापकोटा तानसेन ३ स्थित वद्रेश्वर शिवालयधाममा यहि २०८२ जेठ १९ गते देखी २५ गते सम्म संचालन हुने वराहपुराणको पुर्वसंन्ध्यामा वद्रेश्वर शिवालय धाम व्यवस्थापन समितिको विस्तारित वैठक विभिन्न निर्णयका साथ सम्पन्न भएको छ । वद्रेश्वर शिवालय धामकी अध्यक्ष सरस्वती शर्मा वस्यालको अध्यक्षतामा वसेको धार्मिक सरोकारवालाको वैठकले नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरी ज्युद्वारा कथा वाचनहुने उक्त ज्ञानमहायज्ञलाई कसरि व्यवस्थित गर्रि सम्पन्न गर्ने भन्ने वारेमा केन्द्रित भएको वैठकले महापुराण सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गरेर कामको जिम्वेदारी वाँडफाँण गरेको छ । जसमा कलशयात्रा सहितको र्रेलीका लागी पत्राचार गरिएका ७२ भन्दा वढि टोल संथावाट आउने झाकीर्यालीको दर्ता तथा लाइन व्यवस्थापनमा जयराम सापकोटा, नगरपरिक्रमा को रेली व्यवस्थापनका लागी शालिकराम वस्याल, कलस व्...
आज विश्व धूमपानरहित दिवस

आज विश्व धूमपानरहित दिवस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ १७ आज विश्व धूमपानरहित दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा देशको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ । त्यस्तै नेपालमा हरेक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले ज्यान जाने गरेको छ । चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खालगायतमा हुने निकोटिन स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट, हरेक वर्ष एक महिना र ५० वर्षमा चार वर्ष घटाउने गरेको छ । धूमपानले क्यान्सरसहित अन्य रोगको जोखिम बढाउने गरेको पाइएको छ । क्यान्सरमा ९० प्रतिशत भन्दा धेरै मुखको अनि ८५ प्रतिशत फोक्सो, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तन क्यान्सरको कारक धूमपान रहेको स्वास्थ विज्ञहरुको भनाई छ । क्यान्सर...
आजको मौसम

आजको मौसम

Breaking News 1, लुम्बिनी, समाचार
जेठ १४, हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।...
नेपालमा फेरि कोरोना भेटियो, सातजनामा संक्रमण पुष्टि

नेपालमा फेरि कोरोना भेटियो, सातजनामा संक्रमण पुष्टि

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ १४, नेपालमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सातजनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय भारत र चीन लगायतका देशमा संक्रमण बढिरहेका बेला नेपालमा पनि सातजनालाई पुष्टि भएको हो ।
बागलुङ–जैमिनी जोड्ने पाँच किमी सडक कालोपत्र अन्तिम चरणमा

बागलुङ–जैमिनी जोड्ने पाँच किमी सडक कालोपत्र अन्तिम चरणमा

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
जेठ १३, बागलुङ- जैमिनी नगरपालिकामा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पाँच किमी सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। जैमिनीधामदेखि कुश्मिसेरा हुँदै मौलाछसम्मका तीन खण्डमा भइरहेको सडक स्तरोन्नतिसँगै कालोपत्रको लागत आठ करोड १८ लाख रुपैयाँ रहेको छ। टाकुरी खण्डको एक किमी सडक एक करोड २६ लाख रुपैयाँमा कालोपत्र भइरहेको छ भने कुश्मिसेराबाट ब्याडथालसम्मको दुई किमी सडक कालोपत्रको तयारीमा छ। नगर उपप्रमुख हरिहर शर्माका अनुसार, बागलुङ–कुश्मिसेरा सडकको सबै खण्डमा कालोपत्र हुने भएपछि अब बागलुङ बजारबाट सिधै कुश्मिसेरा पुग्न सकिने भएको छ। निर्माण कम्पनीले तीन करोड २० लाख रुपैयाँमा जैमिनीधाम–कुश्मिसेरा सडक पनि कालोपत्र गर्दैछ। सडकहरू चौडा पार्नुका साथै नाली निर्माण, ढलान र ग्यावियन जाली जडानपछि कालोपत्र कार्य भइरहेको छ। असारभित्र सबै पाँच किमी सडक कालोपत्र सम्पन्न हुने नगरपालिकाले जनाएको छ।...
तानसेनमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तानसेनमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ १३, जयराम सापकोटा नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत तानसेनमा गठित जुनियर नाटा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । नेपाल क्षयरोग निवारण संस्थाकी सह सचिव सुलोचना शाहको शभापतित्व र नेपाल क्षयरोग निवारण संस्थाकी केन्द्रिय उपाध्यक्ष शोभा शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा हाजिरी जवाफको संयोजन तानसेन वहुमुखी क्याम्पसका प्रमुख पुस्कर रेग्मीले गर्नु भएको थियो । प्रतियोगितामा सहभागी पाँच वटा विद्यालयलाई आठ वटा शिर्षकमा ४० वटा प्रस्न सोधिएको थियो । जसमा महेन्द्र वोधी माध्यामिक विद्यालय ७ अंक ल्याई प्रथम, सेन मावी ६ अंक ल्याई द्वितिय, मोहन कन्या मावी ५ अंक ल्याई तृतिय भएको छ भने भुसलडाडा मावीले ४ अंक ल्याई सान्त्वना पुरस्कार जित्न सफल भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले तानसेनमा भएका विद्यालय मध्ये स...
रुसको युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको मृत्यु

रुसको युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ १२, रुसले युक्रेनमा हालसम्मकै ठूलो हवाई आक्रमण गरेको छ, जसमा झन्डै ४०० वटा मिसाइल र ड्रोन प्रहार गरिएको बीबीसीले जनाएको छ। आक्रमणमा परी कम्तीमा १२ जना नागरिकको ज्यान गएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमी मुलुकहरूको मौनताले रुसी राष्ट्रपति पुटिनलाई यस्ता आक्रमण गर्न हौसला दिएको बताएका छन्। उनले रुसमाथि कडा दबाब नदिएसम्म आक्रमण नरोकिने चेतावनी दिएका छन्। युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले पनि रुसको आक्रमणबाट युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्य स्पष्ट भएको बताउँदै अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेकी छन्। यसैबीच, पछिल्ला तीन दिनमा दुबै पक्षले ३०० भन्दा बढी सैनिकहरू साटासाट गरेका छन्। युक्रेनले रुसबाट फर्किएका धेरै सैनिकहरूलाई यातना दिइएको र खानाबाट बञ्चित गरिएको आरोप लगाएको छ। एजेन्सी...
महिलाहरुको लागी भाषणकला तालिम सम्पन्न

महिलाहरुको लागी भाषणकला तालिम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ  १२, बागलुङको बरेङ गाउँपालिका वडा नं १ धुल्लुबाँस्कोट बरेङमा जेठ ९ गते देखि ११ गतेसम्म चलेको महिलाहरुको लागी क्षमता वृद्धि, उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१र०८२ को नीति, योजना,तथा कार्यक्रम अनुसार विनियोजित वजेटबाट कार्यक्रमको आयोजना गरिएको वडा नं. १ को कार्यालयले जनाएको छ । ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम आयोजना गरिएको हो । प्रशिक्षक लेखन नेपाल मिडिया प्रा.लि.द्धारा सहजिकरण भएको कार्यक्रममा ५१ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागिहरुले तालिम पाउदा खुसी व्यक्त गर्दै वडा कार्यालय लाई  धन्यबाद समेत दिएका थिए ।...
बुद्ध जयन्तीको अवसरमा नारायणडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुद्ध जयन्तीको अवसरमा नारायणडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ११, जयराम सापकोटा २६४९ओँ वुद्ध जयन्तिको अवसरमा वोद्ध महिला सेवा समिति आनन्द विहारले तानसेन नगरपालिका वडा नम्वर १ वर्याङदीको नारायणडाँडामा निशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ । तानपा १ का वडाध्यक्ष सुनिल कुमार वस्यालले व्यानर पढेर शुभारम्भ गर्नुभएको कार्यक्रममा वौद्ध महिला सेवा समितिकी अध्यक्ष शोभा शाक्यले कार्यक्रमवारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा आनन्द विहार ज्ञानमालाका अध्यक्ष सन्जयराज शाक्य, धर्मचक्र महाविहारका चुडाकर्म वर्तवन्द संघका अध्यक्ष विरेन्द्र काजी शाक्य, आर्यन विन्जु शाक्य र शोना रावल तथा स्थानिय समाज सेवी पोषकान्त वस्याल लगायतका व्यक्तित्वहरु अतिथि र विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । मिशन हस्पिटलको प्रविधिक सहयोगमा चलेको उक्त कार्यक्रममा मिशन अस्पतालका मेडिकल डा। धिरज खाती, गाइनोलिष्ट डा। सिसम सुव्वा, अर्थोपेटिक डा।सुजन शाक्य र अर्थोपेटिक डा।कृष...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज