तानसेनमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेठ १३,
जयराम सापकोटा
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत तानसेनमा गठित जुनियर नाटा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । नेपाल क्षयरोग निवारण संस्थाकी सह सचिव सुलोचना शाहको शभापतित्व र नेपाल क्षयरोग निवारण संस्थाकी केन्द्रिय उपाध्यक्ष शोभा शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा हाजिरी जवाफको संयोजन तानसेन वहुमुखी क्याम्पसका प्रमुख पुस्कर रेग्मीले गर्नु भएको थियो । प्रतियोगितामा सहभागी पाँच वटा विद्यालयलाई आठ वटा शिर्षकमा ४० वटा प्रस्न सोधिएको थियो ।

जसमा महेन्द्र वोधी माध्यामिक विद्यालय ७ अंक ल्याई प्रथम, सेन मावी ६ अंक ल्याई द्वितिय, मोहन कन्या मावी ५ अंक ल्याई तृतिय भएको छ भने भुसलडाडा मावीले ४ अंक ल्याई सान्त्वना पुरस्कार जित्न सफल भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले तानसेनमा भएका विद्यालय मध्ये सेन,पद्मपव्लिक, महेन्द्रवोधी, मोहनकन्या, भुसलडाँडा मावी र होराइजन गरि छ वटा विद्यालयमा जुनियर नाटा स्थापना गरेको थियो । यसरी गठन गरिएका विद्यालय मध्ये आज ५ वटा विद्यालय विच हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रम क्षयरोग निवारण संस्थाका कार्य समिति सदस्य जयराम सापकोटाको स्वागत, क्षयरोग निवारण संस्था पाल्पा शाखाका कार्यवाहक शभापति विधान श्रेष्ठको धन्यवाद मन्तव्य र संस्थाकी आजिवन सदस्य सकुन्तला वर्ज्राचार्यको संचालनमा सम्पन्न भएको हो ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज