गायक रुपेश कार्कीको “है माया” गित सार्वजनिक
असार २०,
जयराम सापकोटा ।
गायक रुपेश कार्कीको "है माया" गित सार्वजनिक भएको छ । पाल्पाकै सुन्दर नगरि तानसेनमा लोक संस्कृतिमा आधारित "है माया" वोलको टिपिकल झ्याउरे गित बिहिबार एक समारोहविच लोकार्पण भएको हो।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाका प्रथम उपाध्यक्ष युवा कलाकार रुपेश कार्कीको रचना तथा उहाँकै शव्द संगितमा तयार लोकगितमा स्वर गुन्जना मगर र यशोदा कार्कीको साथ छ । तानसेनका विभिन्न ठाउमा छायाँङकन गरिएको "है माया" गितमा निर्देशन सुमन थापाले गरेका छन् भने छायाँङकनमा करन चैसरले साथ दिएका छन् । यसै गरि गितको व्याग साइडमा साहराकला केन्द्र, राजमन्जुश्री कला केन्द्र र छमछम कलाकेन्द्रका भाइबहिनीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका छन ।
लोक संस्कृतिमा निर्मित झ्याउरे गित असार १९ गते विहिवार दिउसो ४:३० वजे लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम सारुको प्रमुख आतिथ्यता ए...






