समाचार

आज राष्ट्रिय कोदो दिवस मनाइदै

आज राष्ट्रिय कोदो दिवस मनाइदै

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
साउन १६, कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार ; खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।...
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन १६, नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँले बढाएको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्ने निगमले जनाएको छ ।  
आजको मौसम

आजको मौसम

Breaking News 1, समाचार
साउन १६, देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सर्लाही, सप्तरी र आसपासमा पानी परेको छ । तर मधेशमा धान खेतीलाई हुने गरी अझै पनि पर्याप्त रुपमा पानी पर्न सकेको छैन । आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साउन १५ खीर खाने विशेष दिन

साउन १५ खीर खाने विशेष दिन

Breaking News 2, ट्रेन्डिङ, समाचार
साउन १५, आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउछन् । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ ...
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
साउन १५, देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन १४, देशभर मनसुनी वायुको प्रभाव कायमै छ । हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो  सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
अविरल वर्षाले रिडी–वामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाले रिडी–वामीटक्सार सडक अवरुद्ध

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन १३, हिजो रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । अवरुद्ध सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली खटिएको छ । त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह समेत गरेको छ ।...
 धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

 धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनुषा, साउन १३ । जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने दुईजना घाइते भएका छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छभने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् । साह आफ्नै ...
मौसम पूर्वानुमान

मौसम पूर्वानुमान

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १३ आज कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राती लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक‍/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...
नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
साउन १३, देशैभर आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज