Author: Bihani Post

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

अर्थ, शेयर बजार, समाचार
फागुन २० । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २८७७.२२ विन्दुमा आएको छ । ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो । ३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।...
स्ववियु निर्वाचन कार्यतालिका यस्तो छ

स्ववियु निर्वाचन कार्यतालिका यस्तो छ

ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ’, उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’ निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि ...
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट

कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट

ताजा अपडेट, लुम्बिनी, समाचार
पाल्पा, फागुन २० ।  रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए । आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् । गाउँपालिकाले तत्कालका लागि एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा ...
अहिलेको सरकार जति टिक्छ, त्यति नै माओवादीलाई फाइदा : प्रचण्ड

अहिलेको सरकार जति टिक्छ, त्यति नै माओवादीलाई फाइदा : प्रचण्ड

राजनीति, विचार, समाचार
  फागुन २०। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे । उनले भने, ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौँ । सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौँ, हामीलाई जनतातिरै ठिक छ ।’ उनले तथ...
नेप्से परिसूचक आज घट्यो

नेप्से परिसूचक आज घट्यो

अर्थ, ब्यापार, शेयर बजार, समाचार
साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।...

जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो

समाचार
जापानको जङ्गलमा लागेको तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन भएका छन् । ओफुनाटो शहर नजिकै गएको बिहीवारदेखि लागेको डढेलो झन्डै दुई हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको थियो । यो क्षेत्रमा गएको वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो । जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले डढेलो निभाउने प्रयास गरिरहेका खबरमा उल्लेख छ । अधिकारीहरूका अनुसार झन्डै तीन हजार दुई सय जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्...
बहुमत ल्याउन नसके पनि कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउनुपर्छ : देउवा

बहुमत ल्याउन नसके पनि कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउनुपर्छ : देउवा

राजनीति, लुम्बिनी, विचार, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिनुभएको छ । रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्न सक्ने बताउनुभयो । नेताहरूबीचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने उहाँको भनाइ छ । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको क्षेत्रीय सभापति प्रशिक्षण कार्यक्रमको मुख्य एजेन्डाका रूपमा सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टीको विस्तार कसरी गर्न सकिन्छ भन्ने रहेको छ । देशको ठूलो दल नेपाली कांग्रेसले आफ्ना अगुवा कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग र प्रभावबारे सिकाउन लागेको हो । बन्दसत्रमा सामाजिक सञ्जालको प्रभावकारी सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सिकाउ...
मनकामना दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार गाडी दुर्घटना, एकजनाको मृत्यु

मनकामना दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार गाडी दुर्घटना, एकजनाको मृत्यु

समाचार
मनकामना दर्शन गरेर फर्कँदै गरेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको भ्यान गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११:३० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो।
स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

समाचार
फागुन १९ । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ । आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो । सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ । २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ । २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाब...
प्रचण्डलाई रेखा थापाको प्रश्न– अब फेरि अभिनय किन ?

प्रचण्डलाई रेखा थापाको प्रश्न– अब फेरि अभिनय किन ?

राजनीति, समाचार
फागुन, १९ । राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा (माओवादी केन्द्र) र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति तिखो आलोचना गरेकी छिन् । माओवादी नेतृत्व हालै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’अन्तर्गत मधेस क्षेत्रमा सक्रिय भएको विषयलाई लिएर थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । थापाले सत्ताबाट बाहिरिएपछि माओवादीले अपनाएको रणनीतिलाई ‘अभिनय’को संज्ञा दिँदै प्रचण्डसहितका नेताहरूमाथि तिखो व्यङ्ग्य गरेकी हुन् । ‘हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र रु’ भन्दै थापाले माओवादीहरूको मधेसतर्फको यात्रालाई ‘फेरि एक चोटि मधेस तिर लालसेना खोज्न हिँडेछन् काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो रु’ भन्दै प्रचण्डलाई प्रश्न गरेकी छन् । उनले माओवादीहरूले पुराना आधार इलाकामा विश्वसनीयता गुमाएको भन्दै सत्ताबाहिर रहँदा देख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज