प्रचण्डलाई रेखा थापाको प्रश्न– अब फेरि अभिनय किन ?

फागुन, १९ । राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा (माओवादी केन्द्र) र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति तिखो आलोचना गरेकी छिन् ।

माओवादी नेतृत्व हालै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’अन्तर्गत मधेस क्षेत्रमा सक्रिय भएको विषयलाई लिएर थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् ।

थापाले सत्ताबाट बाहिरिएपछि माओवादीले अपनाएको रणनीतिलाई ‘अभिनय’को संज्ञा दिँदै प्रचण्डसहितका नेताहरूमाथि तिखो व्यङ्ग्य गरेकी हुन् ।

‘हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र रु’ भन्दै थापाले माओवादीहरूको मधेसतर्फको यात्रालाई ‘फेरि एक चोटि मधेस तिर लालसेना खोज्न हिँडेछन् काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो रु’ भन्दै प्रचण्डलाई प्रश्न गरेकी छन् ।

उनले माओवादीहरूले पुराना आधार इलाकामा विश्वसनीयता गुमाएको भन्दै सत्ताबाहिर रहँदा देखाइएको पीडा र अभिनयलाई लिएर प्रश्न उठाएकी छिन् । ‘चटक पनि कति जानेका रु’ भन्दै थापाले पूर्वमाओवादी लडाकूहरू हराएको तर्क गरिन् ।

थापाले माओवादीको मधेस केन्द्रित अभियानलाई ‘राजनीतिमा भाइरल हुने अधुरो रहर’ भन्दै व्यङ्ग्य गरिन् । ‘यो देशमा सत्ता बाहिर बस्न यती पीडा महसुस गर्ने माओवादी, आफ्नो समीक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौँ भन्नेहरु हराए, अब फेरि अभिनय किन रु बरु सिधै भन्नु नि– हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ ।’ थापाले भनिन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज