Author: Bihani Post

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
फागुन २० मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ । व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गर्न लागिएको हो । सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको हो । विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ । उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने पनि उल्लेख गरिएको छ ।...
श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री

श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री

राजनीति, समाचार
फागुन २० प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भने । श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् । “व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा उद्देश्यह...
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छस् प्रचण्ड

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छस् प्रचण्ड

अर्थ, समाचार
फागुन २० नेकपा ओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरू गरेको थिएँ, छुट्टै ऐनबिना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैँन। यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ।’ आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीले आवाज उठाउन आवश्यक रहेको उनले बताए।...
टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

ताजा अपडेट, विचार, शिक्षा, समाचार
फागुन २० अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ। सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो। अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ। तर, अन्य एप वा बाहिरबाटै बनाएर तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा अपलोड गर्न सकिने भएको छ। यसको लागी भने टिकटक एप अपडेट गर्नुपर्ने पनि बताइएको छ ।...
भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्न सरकार तयार

भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्न सरकार तयार

राजनीति, समाचार
फागुन २०, सरकार भूमिसम्बन्धी अध्यादेशबाट पछाडि हटेको छ । सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्ने र अन्य पाँचवटा अध्यादेश भने पेश गर्ने निर्णय गरेको हो । जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग राख्दै आएका थिए । सरकारले गत पुस २७ गते अध्यादेश जारी गरेको थियो ।...
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !

दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !

मनोरञ्जन
फागुन २०, गायक दुर्गेश थापाले आफ्नो कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका छन् । दाङमा आयोजना हुने भनिएको कार्यक्रम केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले रोकिएको उनले आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।’ दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा आफूलाई निकै दुःख लागेको उनले बताएका छन् । उनले भनेका छन्, ‘ तर एक कुरा नबिर्सनुहोस्-हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन!’ जबसम्म दर्शकहरूको माया छ तबसम्म आफूला...
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी

चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी

समाचार, स्वास्थ्य
फागुन २० सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी दिएका हुन् । मंगलवार काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी र निजी दुबैमा बढाउने गरी सरकार अघि बढिरहेको बताए । उनले भने ‘सरकारीमा पनि तलब बढाउने र निजीमा पनि यस्तो पारिश्रमिकले पुग्दैन । कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्छ । त्यो एकदम कडाइका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन । एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात...
अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो

समाचार
फागुन २० अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् । तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताउनुभएको छ । युक्रोन पीडित रहेको स्पष्ट हुँदाहुँदै पनि रुसबाट हुने आक्रमणबाट जोगिन र आफ्नो भूमिको रक्षा गर्न यसले चाल्ने कदममा अमेरिकाले रक्षात्मक सहयोग गर्नुपर्नेमा उल्टो सहयोग कटौती गर्नु अचम्म...
सुनको मूल्य १ हजार ४ सय रूपैयाँले बढ्यो

सुनको मूल्य १ हजार ४ सय रूपैयाँले बढ्यो

अर्थ, शेयर बजार, समाचार
फागुन २० ।  मंगलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक

कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक

समाचार
फागुन २०। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको छ । कुलमानले भदौमा कार्यसम्पादन मूल्यांकन बुझाउनुपर्नेमा मंसिरमा बुझाएको भन्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शून्य अंक दिएको हो । कुलमानलाई प्राधिकरणबाट हटाइ छाड्ने मन्त्री दिपक खड्काको प्रयत्नमा यसले थप आगोमा घिउ थपेको छ । मन्त्री खड्काकै निर्देशनमा उनलाई शून्य अंक दिइएको पनि स्रोतको दावी छ । यही कार्यसम्पादन मूल्यांकनको अंकलाई लिएर खड्काले कुलमानलाई हटाउने अन्तिम कसरत थालेका छन् । कार्यसम्पादन शून्य रहेको देखाउँदै मन्त्रीपरिषदबाट स्पष्टीकरण सोध्ने बातावरण खड्काले बनाएका हुन् । कुलमानले आ.व २०७८/७९ मा ९४.२३ / २०७९र८० मा ९८.९४अंक पाएका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज