सुनको मूल्य १ हजार ४ सय रूपैयाँले बढ्यो

फागुन २० ।  मंगलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज