फागुन २०। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको छ ।
कुलमानले भदौमा कार्यसम्पादन मूल्यांकन बुझाउनुपर्नेमा मंसिरमा बुझाएको भन्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शून्य अंक दिएको हो ।
कुलमानलाई प्राधिकरणबाट हटाइ छाड्ने मन्त्री दिपक खड्काको प्रयत्नमा यसले थप आगोमा घिउ थपेको छ । मन्त्री खड्काकै निर्देशनमा उनलाई शून्य अंक दिइएको पनि स्रोतको दावी छ ।
यही कार्यसम्पादन मूल्यांकनको अंकलाई लिएर खड्काले कुलमानलाई हटाउने अन्तिम कसरत थालेका छन् । कार्यसम्पादन शून्य रहेको देखाउँदै मन्त्रीपरिषदबाट स्पष्टीकरण सोध्ने बातावरण खड्काले बनाएका हुन् । कुलमानले आ.व २०७८/७९ मा ९४.२३ / २०७९र८० मा ९८.९४अंक पाएका थिए ।