Author: Bihani Post

शिक्षकसँगको वार्ता निष्कर्ष विहिन

शिक्षकसँगको वार्ता निष्कर्ष विहिन

Breaking News 1, शिक्षा, समाचार
बैशाख १७. आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो। शिक्षक महासंघले सहमतिका लागि ९ वटा बुँदा सरकारसमक्ष प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहे पनि सहमतिहुन सकेको छैन । वार्ता आज पनि बस्ने तयारी छ ।...
सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख १६, सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षमा पुुगेको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार सबै विषय सहमति हुन नसकेको हो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’ महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । विद्यालय शिक्षा ऐनलगायतका माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।...
निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १६, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने तथा आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गते बसेको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस तथा बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ । बैठकपछि आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औँ बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेक...
आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको छ। यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बैशाख १५, पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा हिजो राती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सर्वोत्तम सिमेन्टको खानी नजिकै १५० मिटर तल जिप खस्दा दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्। डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमय भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
डोल्पामा भूकम्पको धक्का

डोल्पामा भूकम्पको धक्का

ताजा अपडेट, समाचार
बैशाख १४, डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ । यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १४, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने दिन आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित),आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात...
 नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

 नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

खेलकुद
बैशाख १४ ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । ललितपुरका इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औं मिनेटमा अग्रता बनाएको थियो । खेलको ६३औं मिनेटमा पोखराले एकरएकको बराबरी गर्‍यो । उसका स्टेफन समिरले गोल गरे । खेलको ७४औं मिनेटमा ललितपुरले गोल थप्यो । त्यसपछि पोखरा खेलमा फर्कन नसक्दा ललितपुर २–१ ले विजेता बन्यो । उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो । ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको छ ।...
भक्तपुरमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने

भक्तपुरमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने

मनोरञ्जन
बैशाख १३, आउँदो वैशाख २० गते भक्तपुरको सल्लाघारीमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने भएको छ । भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सल्लाघारीमा रहेको इम्पेरियल बैंक्वटेमा साङ्गीतिक साँझ हुनेछ । कार्यक्रममा एक हजार दुई सय जनासम्मको उपस्थिति रहने आयोजकले बताएको छ । सहभागिताका लागि प्रतिव्यक्ति एक हजार, एक हजार पाँच सय र दुई हजार पाँच सय रुपैयासम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रमस्थलमा विभिन्न उत्पादन एवम् विभिन्न परिकारका खानाका स्टलसमेत राखिनेछ । पत्रकार सम्मेलनमा बौल्दै गायक एवम् सङ्गीतकार दीप श्रेष्ठले सङ्गीतमा आधुनिकीकरण बढिरहेको र ट्र्याकमा गाउने कुरा गायकहरूका लागि राम्रो नभएको बताउनुभयो । समसामयिक गीत लोप हुन थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।...
आईपीएल : चेन्नईको सातौं हार, हैदराबादसँग ५ विकेटले पराजित

आईपीएल : चेन्नईको सातौं हार, हैदराबादसँग ५ विकेटले पराजित

खेलकुद
बैशाख १३, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्‌सलाई ५ विकेटले हराएको छ । शुक्रबार भएको खेलमा जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो । उसका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुईरदुई विकेट लिए । नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई चार अङ्कसहित पुछारमा छ । यो हारसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने भएको छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्ल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज