बैशाख १३,
आउँदो वैशाख २० गते भक्तपुरको सल्लाघारीमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने भएको छ । भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सल्लाघारीमा रहेको इम्पेरियल बैंक्वटेमा साङ्गीतिक साँझ हुनेछ । कार्यक्रममा एक हजार दुई सय जनासम्मको उपस्थिति रहने आयोजकले बताएको छ ।
सहभागिताका लागि प्रतिव्यक्ति एक हजार, एक हजार पाँच सय र दुई हजार पाँच सय रुपैयासम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रमस्थलमा विभिन्न उत्पादन एवम् विभिन्न परिकारका खानाका स्टलसमेत राखिनेछ ।
पत्रकार सम्मेलनमा बौल्दै गायक एवम् सङ्गीतकार दीप श्रेष्ठले सङ्गीतमा आधुनिकीकरण बढिरहेको र ट्र्याकमा गाउने कुरा गायकहरूका लागि राम्रो नभएको बताउनुभयो । समसामयिक गीत लोप हुन थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।