Author: Bihani Post

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
जेठ २४, अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् । ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् । घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन । एजेन्सी...
प्रदर्शनको सयौँ दिन “लाज शरणम”

प्रदर्शनको सयौँ दिन “लाज शरणम”

मनोरञ्जन
जेठ २४, नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जनाकारी दिए । “पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ” श्रेष्ठ बताए । उनले ‘लाज शरणम् २’ नामक चलचित्र पनि निर्माणको तयारी भइरहेको जनाएका छन् ।...
बाजुरामा आगालागी पिडितलाई राहतउपलब्ध गराउन सरकारसँग माग

बाजुरामा आगालागी पिडितलाई राहतउपलब्ध गराउन सरकारसँग माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २४, बाजुराको बुढीगङ्गा नगरपालिका बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरीले जनाएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।...
आजको मौसम

आजको मौसम

समाचार
जेठ २४, आज देशका धेरै ठाउँको मौसम सफा छ । कोशी र बागमती प्रदेशसहित देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशीका धेरैजसो भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव मौसमविदले बताएका छन्।    
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
जेठ २४, गोपाल प्रसाद वश्याल । सदरमुकाम तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा तीन दिने डिजिटल एवम् वित्तीय साक्षरता र अभिप्रेरणामूलक सन्देश कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ९ र १० का ६४ जना विद्यार्थीहरू र ३० जना शिक्षकहरू सहभागी भएको यस कार्यक्रममा डिजिटल साक्षरतासम्बन्धि अभिमुखीकरण कार्य विद्यालयका कम्प्युटर विभाग संयोजक ईञ्जिनियर तिलक राम भण्डारीले आधारभूत सञ्चालन सिप, इन्टरनेटको सहायताबाट गरिने क्रियाकलाप, अनलाइन सञ्चार र सुरक्षित प्रयोगजस्ता डिजिटल साक्षरताका चार आधारभूत तत्वहरूको सविस्तार प्रस्तुति गर्दै यसका लागि डिजिटल साधनको पहुँच र सञ्चालन सिप विकास गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सुरक्षित मोबाइल सिकाइको प्रयोगात्मक अभ्यास प्रदर्शन गर्नुभएको थियो । कार्यक्रमको दोस्रो दिन डा.झपेन्द्र ढकाल, ईञ्जिनियर लक्ष्मण गैरे र पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष एवम् यु...
बागलुङको बरेङमा ३० लाख ५८ हजार राजश्व सङ्कलन

बागलुङको बरेङमा ३० लाख ५८ हजार राजश्व सङ्कलन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ २४, “तिरेको कर विकास मार्फत फर्किन्छ घर घर” भन्ने मान्यताका साथ सङ्कलन गरेको बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को आन्तरिक आय जेठको २२ गते सम्म ३० लाख ५८ हजार ७ सय ७२ रुपैंया ७८ पैसा जम्मा गरेको छ । गाउँपालिकाले आगामी नीति तथा कार्यक्रमको तिव्र तयारी गरेको छ । आगामी आर्थिक वर्षमा कति नयाँ कार्यक्रमहरु समावेश गरिने र योजनाहरु सम्पन्न गर्नका लागी नयाँ अवधारणा आउलान भन्ने आशामा नागरिकहरु रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा बरेङ गाउँपालिकाले ४० लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको छ ।      ...
नेपाल आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाल आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
जेठ २२, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरू हुनेछ । नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो । हङकङमा भएको यो खेल गोलरहित बराबरीमा सकिएको थियो । आउँदो मङ्गलबार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो । छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल भने मलेशियासँग २–० ले हारेको थियो । फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानम...
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ २२, भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको र कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेको उनले बताए । कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिएका छन् । उनका अनुसार काठमाण्डौमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ । भारत लगायतका विभिन्न देशमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण निम्तन सक्ने भएकोले सुदूरपश्चि...
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाचार
जेठ २२ काठमाडौ पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाएका छन् ।...
आज गङ्गादशहरा मेला

आज गङ्गादशहरा मेला

लुम्बिनी, समाचार
जेठ २२ आज गङ्गादशहरा मेला मनाइँदैछ । मेलाको अवसरमा गुल्मीको रिडीधाम,रसुवाको गोसाइँकुण्ड लगायतका धार्मिक स्थलमा दर्शनार्थीको बिहानै देखी घुइँचो लागेको छ । हरेक वर्ष जेठ शुक्लदशमीको दिन यो मेला मनाइन्छ ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज