Author: Bihani Post

मनसुन बाहिरियो

मनसुन बाहिरियो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २५, यस वर्षको मनसुन देशका सबै भागबाट बाहिरिएको छ । गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो । हिजोदेखि भने देशभरबाट मनसुन बाहिरिएको हो । यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन देशभर फैलिन २३ दिन लागेको थियो । मनसुनको अन्त्यतिर यसपालि देशका ५० भन्दा बढी जिल्लामा ठूलो वर्षाका कारण जनजीवन प्रभावित भयो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव भने रहन सक्ने मौसम विभागले जनाएको छ ।...
सुनको मूल्यमा भारी गिरावट, एकै दिन ४ हजार २ सयले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकै दिन ४ हजार २ सयले घट्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट
असोज २४, सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैंयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै चाँदीको भने बिहीबार प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असोज २४, आज सामान्यतया देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि देखीएको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायु कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले गर्दा देशभर मुख्यतया मौसम  सफा छ ।  ...
टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २३ , आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा गएराति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।
हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २३, दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक भएको छ । द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो। इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ २०२३ नोभेम्बरमा खिचिएको विश्वास गरिएको छ। ३३ सेकेन्डको भिडिओमा जोशी अंग्रेजीमा बोलिरहेका छन्। मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु।’ उक्त भिडिओसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, कोशी प्रदेश, समाचार
असोज २३, आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थ, ताजा अपडेट
असोज २२, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । Currency Unit Buy ...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २२, आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
नेपालले कुवेतसँग खेल्दै

नेपालले कुवेतसँग खेल्दै

खेलकुद, ताजा अपडेट
असोज २२, आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।...
फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असोज २१, निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर एक गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । फागुन २१ गते बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना शुरू गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज