ब्यापार

अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अर्थ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
चैत १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताउनुभएको छ । अप्रिल २ देखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बीबीसीले जनाएको छ । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट आउने सबै उत्पादनमा उच्च कर लगाइएको छ । ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् । ट्रम्पको यो घोषणापछि एशियाको शेयर बजारमा गिरावट देखिएको छ । -एजेन्सी  ...
सामसङ ग्यालेक्सी ए सिरिजको नयाँ मोडल आउदै

सामसङ ग्यालेक्सी ए सिरिजको नयाँ मोडल आउदै

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा
चैत १६ सामसङले नयाँ ग्यालेक्सी ए सिरिजका मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ए फिफ्टीसिक्स फाइभ जी, ए थर्टीसिक्स फाइभ जी र ए ट्वान्टीसिक्स फाइभ जी नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । ए सिरिजका यी स्मार्टफोनहरूमा पहिलो पटक ‘असम इंटेलिजेन्स’ र उन्नत क्यामेरा विशेषता रहेको कम्पनीको दाबी छ । सामसुङको सबैकालागि एआई भन्ने सोचमा यी फोन नयाँ कदम भएको उसको दाबी छ । यी सबै फोनहरु धुलो तथा पानी प्रतिरोधात्मक क्षमताका साथ टिकाउ र सुरक्षित रहेको कम्पनीले जनाएको छ ।...
२७ प्रतिशतले वृद्धि भयो चितवनमा राजस्व सङ्कलन

२७ प्रतिशतले वृद्धि भयो चितवनमा राजस्व सङ्कलन

अर्थ, ब्यापार
चैत १३ आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्त सम्मको राजस्व भन्दा यो २७ प्रतिशतले बढी हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्त सम्ममा १४ अर्ब ४६ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख राजस्व सङ्कलन भएको थियो । विभागले यस वर्ष १५ अर्ब ७० करोड १० लाख राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो ।...
आज विदेशी विनिमय दर

आज विदेशी विनिमय दर

अर्थ, ब्यापार, शेयर बजार
चैत ०९ नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चि...
नेप्से १२.३८ अंक घट्यो

नेप्से १२.३८ अंक घट्यो

अर्थ, ब्यापार
चैत ०७ साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक १२.३८ अंक घटेर २६६९ अंकमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि कम भएको छ। अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आजको कारोबार ४ अर्ब ५६ करोड रुपैयाँको मात्र भएको छ। यस दिनको कारोबारमा २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्य घटेको छ। ६२ कम्पनीको मूल्य वृद्धि भएको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। फाइनान्स सेक्टर सबैभन्दा बढी १.२६ प्रतिशत घट्यो, त्यसपछि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनन्स, निर्जीवन बीमा र अन्य क्षेत्रहरूमा पनि गिरावट देखा परेको छ। यो दिनका सबैभन्दा प्रमुख बढेका कम्पनीहरूको सूचीमा दोल्ती पावरको सेयर मूल्य ७.५ प्रतिशतले वृद्धि भएको छ। यसका अतिरिक्त, एसियन हाइड्रोपावर ५.४ प्रतिशत, सिन्धु विकास बैंक ४.९ प्...
आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

अर्थ, ब्यापार, शेयर बजार
चैत ०५ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खर...
आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ महिनायताकै कम

आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ महिनायताकै कम

अर्थ, ट्रेन्डिङ, ब्यापार, शेयर बजार
चैत ०४ शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अङ्कले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, लगानी, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे ३ प्रतिशतले ओरालो लागेको छ । आज महालक्ष्मी विकास बैंकको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३ सय ३१ वटा कम्पनीका ९९ लाख ३५ हजार कित्ता शेयर ५ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि माघ ३ गते ५ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।...
पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घट्यो

पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चेत ०३ नेपाल आयल निगमले पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घटाएको छ । हिजो शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर ४/४ रुपैयाँको दरले मूल्य घटाइएको निगमले जनाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ, ब्यापार, समाचार
चैत्र ०१ आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यो भन्दा अघि उच्च मूल्य कायम हुँदा गत फागुन १३ गते तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ थियो ।    ...
अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ घट्यो

अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ घट्यो

अर्थ, ब्यापार, शेयर बजार
चैत ०१ आज अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ । यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज