Breaking News 2

साउन १५ खीर खाने विशेष दिन

साउन १५ खीर खाने विशेष दिन

Breaking News 2, ट्रेन्डिङ, समाचार
साउन १५, आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउछन् । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ ...
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
साउन १५, देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
अविरल वर्षाले रिडी–वामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाले रिडी–वामीटक्सार सडक अवरुद्ध

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन १३, हिजो रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । अवरुद्ध सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली खटिएको छ । त्यसैगरी, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह समेत गरेको छ ।...
मौसम पूर्वानुमान

मौसम पूर्वानुमान

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १३ आज कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राती लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक‍/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन १२, आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू/भागका केही स्थानहरूमा तथा तराई भू/भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू९भाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।...
गुल्मीमा आगलागीबाट एकजनाको मृत्यु

गुल्मीमा आगलागीबाट एकजनाको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ११, गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं.५ वस्तु अमराईमा भएको आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ। वडाध्यक्ष केशवराज भण्डारीका अनुसार जुना मानसिक रूपमा कमजोर थिइन् र आफैंले आइतबार बिहान ५ बजे घरमा आगो लगाएकी थिइन्। आगो लागेपछि स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिई बस्तीमा फैलिन नदिएको जनाइएको छ। अहिले प्रहरीले मुजुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाउने तयारीमा छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, ताजा अपडेट, समाचार
साउन ११, आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
बागलुङमा पाँच हजार घर भन्दा बढि बाढी पहिरोको जोखिममा

बागलुङमा पाँच हजार घर भन्दा बढि बाढी पहिरोको जोखिममा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ७, बागलुङमा यो वर्षको बर्खामा पाँच हजार भन्दा बढि घरधुरी बाढी पहिरोको जोखिममा रहेका छन् । जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ । निसीखोला गाउँपालिकामा  दुई हजार ४३८ ,बागलुङ नगरपालिकामा एक हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४, काठेखोला गाउँपालिकामा ७२० र जैमिनीमा १६ घर भन्दा बढि बाढी पहिरोको जोखिममा छन् । वर्षातको कारण जुन जतिवेला पनि बाढी पहिरो आउन सक्ने भएको हुँदा सवै नागरिकलाई आवश्यक सतर्कता साथै पूर्व सचेत अपनाउनका लागी  लागी जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।...
आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
साउन ५, साउन महिनाको पहिलो सोमबार आज , हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। शास्त्रअनुसार साउन महिनामा शिवको पुजा आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए। ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्‍याउँछ। यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धा...
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन ४, देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा भारी देखि उच्च वर्षाको  सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज