Breaking News 1

स्ववियु चुनाव: ११ वटा क्याम्पसमा अवरुद्ध

स्ववियु चुनाव: ११ वटा क्याम्पसमा अवरुद्ध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०२ विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)चुनावको प्रक्रिया अवरुद्ध भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा चुनावी प्रक्रिया अगाडि नबढेको हो । काठमाण्डौका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र काठमाण्डौ बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको निर्देश...
तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
चैत्र १ तराई-मधेशमा आज होली पर्व मनाइँदै छ । हिजो बिहीबार पहाडी तथा हिमाली भेगमा फागुपूर्णिमा (होली पर्व) मनाइयो । फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा रहेको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ । पहाडी जिल्लामा होली पर्वका लागि बिहीबार सार्वजनिक बिदा दिइएको थियो भने तराई का जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
फागुन ३० देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत बाँकी भू–भागमा मौसम सफा रहनेछ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।...
हिमाली र पहाडी भेगमा आज होली पर्व मनाइँदै

हिमाली र पहाडी भेगमा आज होली पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन
फागुन २९ पहाडी र हिमाली भेगमा होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम कम हुँदै गएको छ। त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्...
आज को मौसम

आज को मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २८ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो-प्रधानमन्त्री ओली

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो-प्रधानमन्त्री ओली

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागुन २७ आज कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताएका हुन । “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ ।’’, प्रधानमन्त्री ओलीले भने, “ना...
युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु

युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
फागुन २७ युट्युब च्यानल सब्सक्राइब गर्दा २०० रुपैयाँ पाएपछि लोभिँदा एक लाख ३० हजार रुपैयाँ गुमाएका पीडितले सचेत रहन आग्रह गरेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको एक भिडिओ सन्देशमार्फत ती पीडित युवाले यस्तो ठगीबाट अपरिचित व्यक्तिबाट आएको मेसेज वा लिङ्क नखोल्न तथा कुराकानी नगर्न सुझाएका हुन् । उनका अनुसार सुरुमा एक अपरिचित व्यक्तिबाट ह्वाट्सएपमा मेसेज आएको थियो । ती व्यक्तिसँग कुरा गर्दा एउटा युट्युब च्यानल सब्सक्राइबमा २०० रुपैयाँ आम्दानी हुने प्रस्ताव आयो । त्यति गरेपछि आफूलाई पाँचरदश ओटा च्यानल सब्सक्राइब गर्न लगाइएको र त्यस बापत १००० रुपैयाँ प्राप्त भएको उनले सुनाएका छन् । “त्यसपछि मलाई उहाँले एक टेलिग्राम च्यानलमा जोड्नु भयो । त्यहाँ पनि त्यस्तै, लाइक गर्ने सब्सक्राइब गर्ने र आम्दानी गर्ने भन्ने थियो,” उनले भनेका छन्, “एउटामा चाहिँ पैसा हालेर नाफा कमाउने भन्ने आयो ।” त्यसमा...
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित सहर !

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित सहर !

Breaking News 1, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
फागुन २६ काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा रहेको हो । काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ रहेको छ । यस्तै प्रदूषित पहिलो भियतनामको हनोई सहर रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली परेको छ । वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई १०१ देखि १५० अस्वस्थकर मानिन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ मानिन्छ ।...
गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव

गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव

Breaking News 1, बागमती, राजनीति, समाचार
फागुन २५ राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका लागि जोड दिएका हुन् । देशमा अहिले जुन प्रकारको अवस्था सिर्जना भएको छ, त्यसमा सरकारले अपनाएका गलत नीति, नागरिकमा निराशा र भ्रष्टाचारको भूमिका रहेको जनमोर्चाको ठहर छ । सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरूबीच ऐक्यबद्धता कायम हुनुपर्नेमा आफूहरुको जोड रहेको अध्यक्ष केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।...
राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको तस्वीर पनि प्रयोग

राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको तस्वीर पनि प्रयोग

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
फागुन २५ आज काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको पनि तस्वीर देखिएको छ । प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि तस्वीर देखिएको हो । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको छ । गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध मुख खोलेका थिए । नेपाल हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै आएका आदित्यनाथसँगको भेटपछि नेपालमा राजावादी जुर्मुराउनु साथै प्रदर्शनमा आदित्यनाथको तस्वीर नै प्रयोग गरेपछि संशय उत्पन्न भएको छ । राजनीतिक दलका नेताहरूले भारतीय उक्साहटमा नै यो प्रदर्शन भएको आरोप लगाइरहेका छन् । कतिपयले प्रदर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज