वैशाख ५,
आज सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।
...
५ बैशाख २०८२, शुक्रबार५ बैशाख २०८२, शुक्रबार५ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
वैशाख ५
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन् । तर, कम्पाउन्ड बाहिरवाट हानेको गोली आफूले छलेकोले चोटपटक नलागेको उनले जनाएका छन् । साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।...
४ बैशाख २०८२, बिहीबार४ बैशाख २०८२, बिहीबार४ बैशाख २०८२, बिहीबार by Bihani PostNo Comments
वैशाख ४,
नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।
चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो ।
चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाएका थिए । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चरा...
वैशाख ३,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
लिटर पेट्रोलमा रु. ३ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।...
२०८२ बैशाख ०१,
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ सालको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।
हिजो शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले नयाँ वर्षमा एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् ।
‘जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
यस्तै उनले राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत नपुग्ने भएकाले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र सफलता पाउन सक्ने उल्लेख गरेका छन् । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न सका...
२७ चैत्र २०८१, बिहीबार२७ चैत्र २०८१, बिहीबार२७ चैत्र २०८१, बिहीबार by Bihani PostNo Comments
चैत २९
भोजराज भट्टराई
पाल्पाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । गाउँपालिकाभित्र तेस्रो त्रैमासिकमा गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता खान योग्य ३ हजार १ सय ८७ लाभग्राहीको लागि ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपैंया गाउँपालिकाले लाभग्राहीको नेपाल बैंकमा रहेको खातामा जम्मा गरिदिएको हो ।
जसअन्तर्गत जेष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ९ सय ९५ जनाको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपैंया, जेष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस रुपैंया लाभग्राहीको खातामा जम्मा भएको छ । यस्तैगरी २ सय ५५ जना जेष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय रुपैंया, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपैंया जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ नब्बे...
२६ चैत्र २०८१, बुधबार२६ चैत्र २०८१, बुधबार२६ चैत्र २०८१, बुधबार by Bihani PostNo Comments
चैत २७
शैक्षिक हड्तालका कारण देशभरका सामुदायिक विद्यालय प्रभावित भएका छन् । विद्यालय शिक्षा ऐन तत्काल बनाउन दबाब दिँदै नेपाल शिक्षक महासंघले आह्वान गरेको हड्तालका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनदेखि नयाँ शैक्षिक सत्रका लागि बनाउनुपर्ने शैक्षिक योजना क्यालेन्डरका कामसमेत प्रभावित भएका छन् ।
यसै सन्द्रर्भमा, गुल्मीको चन्द्रकोट गाउपालिका द्रारा एक विज्ञप्ती जारी गर्दै नेपालको संविधान जारी भएको लामो समय सम्म पनि संघीय शिक्षा ऐन जारी हुन नसक्दा समग्र शैक्षिक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । सरकारलाई शिक्षक महासंघका विगतमा भएका सम्झौता अनुरुप जायज मागहरुलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रिया द्धारा विधालय शिक्षा ऐन जारी गरी समस्या सामाधान गर्न अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ ।
आन्दोलनको प्रभावबारे जानकार भए पनि आफूहरु बाध्य भएको शिक्षक महासंघको तर्क छ । रा...
२५ चैत्र २०८१, मंगलवार२५ चैत्र २०८१, मंगलवार२५ चैत्र २०८१, मंगलवार by Bihani PostNo Comments
चैत २६
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको हो ।
विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ ।...
२५ चैत्र २०८१, मंगलवार२५ चैत्र २०८१, मंगलवार२५ चैत्र २०८१, मंगलवार by Bihani PostNo Comments
चैत २६
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
घटनाका प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुव...
२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार२४ चैत्र २०८१, सोमबार by Bihani PostNo Comments
चैत २५
नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन आजदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । देशभरका सबै विद्यालय बन्द गरी शिक्षक कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै, त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।
‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौँ,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।’
...