Breaking News 1

तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ

तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ

Breaking News 1, ब्यापार, समाचार
फागुन ६, सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।त्यस्तै,चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तिनाउ र बगनासकालीमा रास्वपाको घरदैलो कार्यक्रम

तिनाउ र बगनासकालीमा रास्वपाको घरदैलो कार्यक्रम

Breaking News 1, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ५, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आज तिनाउ गाउँपालिकामा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । घरदैलो कार्यक्रम अन्तर्गत उहाँले विभिन्न वडामा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको थियो । भेटका क्रममा जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा विकास सँग सम्बन्धित आफ्ना समस्या राखेका थिए । डा. थापाले ती विषयलाई गम्भीरतापूर्वक लिँदै जनताको सुझावलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तिनाउमा कार्यक्रम सम्पन्न गरेलगत्तै उहाँले बगनासकाली गाउँपालिकाको चिर्तुङधारा, पोखराथोक, खोरबारी पुगेर चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा स्थानीय युवायुवती, महिला समूह तथा ज्येष्ठ नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा बोल्दै डा. थापाले रोजगारी सिर्...
चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

Breaking News 1, ट्रेन्डिङ
फागुन ५, राष्ट्रपति रामचन्द्र पौडेल ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव सफल बनाउन सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा शेर्पा सङ्घले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ नयाँ वर्षको कार्यक्रममा उनले चुनावलाई लोकतान्त्रिक अभ्यासमा नागरिक सहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम भन्दै सबै एक भएर लाग्न आग्रह गरेका हुन् ।...
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाद्वारा निर्वाचन परिचालन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाद्वारा निर्वाचन परिचालन समिति गठन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ४, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको जिल्ला कार्य समितिको बैठकले आवश्यक तयारीलाई तीव्र बनाउने उद्देश्यसहित समिति गठन गरेको हो । जिल्ला सभापति विष्णु भण्डारीको सभापतित्वमा गठन गरिएको उक्त समितिमा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारीहरूलाई समेटिएको जनाइएको छ । समितिले निर्वाचन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै संगठनलाई वडा तहसम्म बलियो बनाउने लक्ष्य लिएको छ । क्षेत्रीय सभापति गणेश बस्यालले समितिले मतदाता शिक्षादेखि घरदैलो कार्यक्रम तथा प्रचार-प्रसारलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले विकास निर्माणका योजना र जनजीविकासँग सम्बन्धित विषय अभियानका मुख्य एजेन्डा रहनेछन् । समितिले आगामी दिनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न...
राष्ट्रिय स्वतन्त्र पार्टीको ५ वर्षे लक्ष्य सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीको ५ वर्षे लक्ष्य सार्वजनिक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने मुख्य लक्ष्यहरू घोषणा गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भए ५ वर्षभित्र मुलुकको जिडिपी १०० अर्ब डलर र प्रतिव्यक्ति आय ३,००० डलर पुर्‍याउने प्रतिबद्धता गरिएको छ। करारमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको छ भने मध्यम वर्ग विस्तार, गुणस्तरीय स्वास्थ्य-शिक्षा सुधार र एकीकृत सामाजिक सुरक्षाको योजना अघि सारिएको छ। पार्टीले ५ वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने, १५ हजार मेगावाट विद्युत् जडान क्षमता पुर्‍याउने र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ।  ...
आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
फागुन ३, आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोग का अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम सुरु गरिएको हो। आयोगले जनाएको अनुसार ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। मतदातालाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रसँग सहयोगको अपिल गरिएको निर्वाचन आयोगले जनाएको छ ।...
आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन ३, प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी व्रत, उपवास र जाग्राम बस्ने परम्परा रहेको छ। वैदिक सनातन धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पूजा–अर्चना गरिरहेका छन्। दूध, धतुरो र बेलपत्र चढाई उपवास तथा रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। शिवरात्रिलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ। महाशिवरात्रि दीनदुःखी र कष्टमा परेका जीवको हृदयमा धर्म जागृत गराउने भगवान् शिवको प्रिय दिनका रूपमा श्रद्धापूर्वक मनाइँदै आएको छ।...
सोमप्रसाद पाण्डेयको घरदैलो अभियान तीव्र

सोमप्रसाद पाण्डेयको घरदैलो अभियान तीव्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन २, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी माहोल तातिँदै गएको छ। पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेयले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग आफ्ना चुनावी एजेन्डा र विकासका योजनाबारे जानकारी गराइरहेका छन्। घरदैलो कार्यक्रमका क्रममा पाण्डेयले जनतामा देखिएको निराशा र आक्रोशलाई आशामा बदल्नुपर्ने बताए। समस्या बुझ्दै  दीर्घकालीन योजनामा सँगै लाग्ने प्रतिबद्धता बलियो बन्दै गएको उनले बताएका छन् । पाल्पाका विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा पाण्डेयले आफू नागरिकको सुख-दुःखमा सधैं साथमा रहेको दाबी गरे। उनले आगामी दिनमा निर्वाचित भए वा नभए पनि जनताको माग र आवश्यकताअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
वित्त आयोगको मुल्यांकनमा रिब्दीकोट पहिलो

वित्त आयोगको मुल्यांकनमा रिब्दीकोट पहिलो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २, राष्ट्रिय स्रोत तथा वित्त आयोग को मूल्याङ्कनमा रिब्दीकोट गाउँपालिका पहिलो भएको छ। पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये रिब्दीकोटले ६९.९८ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा रिब्दीकोट उत्कृष्ट ठहरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निकायले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। यस्तो मूल्याङ्कनले स्थानीय तहबीच प्रतिस्पर्धा बढाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।...
टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
फागुन २ तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बुटवलदेखि पाल्पा तर्फ आउदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकललाई विपरीत दिशातर्फ जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाईकलमा सवार नामथर नखुलेको एक पुरुष र एक महिला घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताईएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज