समाचार

आज सुनको मूल्य बढ्यो चादीको घट्यो

आज सुनको मूल्य बढ्यो चादीको घट्यो

ताजा अपडेट, ब्यापार, समाचार
  बैशाख २१, आज बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

तिन दिनसम्म वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २०, देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमबारे बुझेर मात्रै काम र यात्राका योजना बनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव परेकाले मौसममा बदली आएको महाशाखाको भनाई छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना। त्यसैगरि पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावनासमेत छ। आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिँदैन,’ लामिछानेले भन्नुभयो, ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’ मेघ गर्जनसहितको वर...
आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

अर्थ, ताजा अपडेट, ब्यापार, समाचार
बैशाख १८, सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।  ...
आफूबसेकै स्थानबाट स्वास्थ्य बीमा पाउन सकिने

आफूबसेकै स्थानबाट स्वास्थ्य बीमा पाउन सकिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
बैशाख १८, आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

ताजा अपडेट, समाचार
बैशाख १८, आज१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो । पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्त...
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

ब्यापार, समाचार
वैशाख १८, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाइएको हो । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य ४ रुपैयाँ घटेको र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाइ इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर आएको निगमले उल्लेख गरेको छ ।...
सरकार र शिक्षकबीच सहमति

सरकार र शिक्षकबीच सहमति

Breaking News 1, शिक्षा, समाचार
बैशाख १८, सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । पटक-पटकको प्रयासपछि अन्ततः बुधबार सरकार र शिक्षकबीचको नौँ बुँदे सहमति भएको हो । सहमतिमा शिक्षकहरूले प्रतिनिधिसभाको शिक्षा समितिका सभापति तथा सत्तारुढ दल एमाले र कांग्रेसका प्रमुख सचेतकबाट आगामी १५ असारभित्र ऐन जारी गरिसक्ने प्रतिबद्धता लिखितै रुपमा लिएका छन् । शिक्षकहरूको माग पूरा गर्दा सरकारलाई ८ अर्बको दायित्व बढ्ने भएको छ । आज शिक्षकहरु काठमाडौ छोडेर आ-आफ्नो घरतर्फ जाने भएका छन् ।...
शिक्षकसँगको वार्ता निष्कर्ष विहिन

शिक्षकसँगको वार्ता निष्कर्ष विहिन

Breaking News 1, शिक्षा, समाचार
बैशाख १७. आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो। शिक्षक महासंघले सहमतिका लागि ९ वटा बुँदा सरकारसमक्ष प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहे पनि सहमतिहुन सकेको छैन । वार्ता आज पनि बस्ने तयारी छ ।...
सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख १६, सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षमा पुुगेको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार सबै विषय सहमति हुन नसकेको हो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’ महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे । विद्यालय शिक्षा ऐनलगायतका माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।...
निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १६, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने तथा आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गते बसेको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस तथा बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ । बैठकपछि आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औँ बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज