Author: Bihani Post

आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदै

ताजा अपडेट, समाचार
चैत २३ आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा। रामचन्द्र गौतम रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको बताउनुहुन्छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ । आज जानक...
रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने

रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २३ मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ। रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठूलढुङ्गा भिर पाखामा पहरो फोर्ने, सडक चौडा गर्ने लगायत कामका लागि एक महिना सम्म सडक बन्द गरिने भएका हो । सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार चैत २३ देखि आगामी वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरिने मदन भण्डारी राजमार्ग, योजना कार्यालय गुल्मीले जनाएको छ । तम्घास रिडी सडक खण्ड बन्द भए पनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था भने गरिएको छ । रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।...
आज चैते दसैँ, नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

आज चैते दसैँ, नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

ताजा अपडेट, समाचार
चैत २३ प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँ घरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीला...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

Breaking News 2, बागमती, राजनीति, समाचार
चैत २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका हुन् ।...
गाडिएको अवस्थामा महिलाको शव फेला, २ जना पक्राउ

गाडिएको अवस्थामा महिलाको शव फेला, २ जना पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश
चैत २२ रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार महिला बेपत्ता भएको उजुरी परिवारले प्रहरीमा दिएपछि अनुसन्धान सुरु गरिएको थियो । महिलाको खोजीका क्रममा तालिम प्राप्त कुकुरको सहयोग लिइएको उनले जानकारी दिए । सोही कुकुरको सहयोगमा खोजी गर्ने क्रममा जंगलमा गाडिएको अवस्थामा बिहीबार शव फेला पारेको रौतहट प्रहरी कार्यालय जनाएको छ । परिवारका गत चैत १४ गतेदेखि महिला बेपत्ता भएकी थिइन् । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुनसक्ने आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
आजदेखी तानसेनमा महोत्सव हुदै

आजदेखी तानसेनमा महोत्सव हुदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत २२ आजदेखी दोस्रो तानसेन महोत्सव हुने भएको छ। पाल्पा व्यापार संघको आयोजनामा हुने महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि उद्योगको विकास र विस्तारमा महोत्सवले टेवा पुग्ने उनले बताए। महोत्सवमा तीन सयभन्दा बढी स्टल रहनेछन्। नेपालको पहिलो र ठूलो फिस टनेल महोत्सवमा मुख्य आकर्षकको रूपमा रहेको छ। कृषि उत्पादन, लघु तथा घरेलु उत्पादनको प्रदर्शनी, शैक्षिक सामग्री, विभिन्न वेशभूषा, कला संस्कृति झल्किने झाँकी प्रदर्शन हुने संघका महासचिव तुलबहादुर अधिकारीले जानकारी गराए । तानसेन नगरपालिका मुख्य आयोजक रहेको महोत्सव को व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले गर्नेछ । पाँच लाख दर्शकले अवलोकन गर्ने म...
भाटभटेनीका गार्डले पाए ५ लाख पुरस्कार

भाटभटेनीका गार्डले पाए ५ लाख पुरस्कार

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
चैत २० गत चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रण गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुली उच्च सम्मानका साथ पुरस्कृत भएका छन् । बुधबार आयोजित विशेष समारोहमा भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । गत चैत १५ गते राजावादी समूहको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।  ...
काठमाण्डौमा शिक्षकहरूको प्रदर्शन

काठमाण्डौमा शिक्षकहरूको प्रदर्शन

शिक्षा, समाचार
चैत २० विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डौमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमाण्डौका विभिन्न ठाउँबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो । उनीहरूले अधिकार र कर्तव्यका लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासङ्घ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लेखिएको लगायतका प्लेकार्ड बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् । यस आन्दोलनलाई शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दोलनका रूपमा औँल्याएका छन् ।...
आज २ हजार ७०० अङ्कले शेयर बजार बढ्यो

आज २ हजार ७०० अङ्कले शेयर बजार बढ्यो

ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
चैत २० हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।...
आजबाट शिक्षकसंघ पुन: सडक आन्दोलनमा

आजबाट शिक्षकसंघ पुन: सडक आन्दोलनमा

Breaking News 1, शिक्षा, समाचार
चैत २० नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधबारदेखि गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज