काठमाण्डौमा शिक्षकहरूको प्रदर्शन

चैत २०
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डौमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

शिक्षक महासङ्घको आयोजनामा भएको प्रदर्शनमा काठमाण्डौका विभिन्न ठाउँबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो । उनीहरूले अधिकार र कर्तव्यका लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासङ्घ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लेखिएको लगायतका प्लेकार्ड बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् ।

यस आन्दोलनलाई शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दोलनका रूपमा औँल्याएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज