by Bihani Post
भदौ १९,
बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानमा मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, मधेस प्रदेशका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीसहितको मौसम देखिन सक्ने बताइएको छ ।