असार ६,
इरानले इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । अस्पतालमा इजरायली सेना र गुप्तचर बेस भएको भन्दै आक्रमण गरेको इरानले दाबी गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई शहरमा इरानी आक्रमणबाट दुई सय ७१ जना जना घाइते भएका बीबीसीले जनाएको छ ।
इरानले आक्रमणको निशाना अस्पताल नभई इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस ९आइडीएफ सीफोरआई० र अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प रहेको बताएको छ । तर आक्रमणको असर प्रत्यक्ष रूपमा अस्पतालमा परेको छ । इरानले इजरायलमा रातभर आक्रमण गरेको छ ।
-एजेन्सी