लुम्बिनी

आज को मौसम

आज को मौसम

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत ०९ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू लगायत बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...
आज को मौसम

आज को मौसम

कोशी प्रदेश, ट्रेन्डिङ, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत ०८ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, मधेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एसईई परीक्षा आजदेखि सुरु

एसईई परीक्षा आजदेखि सुरु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा
चैत ०७ माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ । एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्ट्याउँदै आएको छ।  ...
स्ववियु सभापतिमा क्रान्तिकारीका मिलन विजयी

स्ववियु सभापतिमा क्रान्तिकारीका मिलन विजयी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, शिक्षा, समाचार
चैत ०७ त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ती मगर विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट उनी ३९० मत प्राप्त गरी विजय भएका हुन । निर्वाचित घर्ती मगरले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरे । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । यस्तै, सदस्यमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अ...
स्ववियु निर्वाचन : ६५ प्रतिशत मतदान

स्ववियु निर्वाचन : ६५ प्रतिशत मतदान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत ०६ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद बहुमुखी क्याम्पस रामपुरमा शान्तपूर्णरुपमा (स्ववियु) निर्वाचन सम्पन्न भयो । एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेको यस त्रिभुवन बहुमुखी क्याम्पसमा एक हजार २ सय २८ मत खसेको क्याम्पस प्रमुख टंक भट्टराईले जानकारी दिए । यो ६४ दशमलव ८३ प्रतिशत मतदान हो । मत गणना आज हुँदैछ । रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा ८० दशमलव ०८ प्रतिशत मत खसेको छ । यहाँ ७ सय १३ जना मतदाता विद्यार्थी रहेकोमा ५ सय ७१ मत...
रुपन्देहीमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

रुपन्देहीमा लागूऔषध सहित एक व्यक्ति पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
चैत ०४ रुपन्देहीको सैनामैना वडा नं. ४ मा लागू औषध ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयले जिल्ला रुपन्देही सैनामैना –०४ निवासी बर्ष २१ का राम मल्लाहलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ भने पक्राउ परेका युवालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ । उनीमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीको भनाइ छ ।...
तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
चैत्र १ तराई-मधेशमा आज होली पर्व मनाइँदै छ । हिजो बिहीबार पहाडी तथा हिमाली भेगमा फागुपूर्णिमा (होली पर्व) मनाइयो । फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा रहेको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ । पहाडी जिल्लामा होली पर्वका लागि बिहीबार सार्वजनिक बिदा दिइएको थियो भने तराई का जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।...
मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार, स्वास्थ्य
फागुन २९ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अरू रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको ज्यान जाने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताउनुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा आयोजित चेतनामूलक र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै डा. कायस्थले सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने बताउनुभयो । बेलाबेलामा मिर्गौलाको परीक्षण गर्न उहाँको आग्रह छ । यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मिर्गौलामा पनि समस्या देखिने गरेको भन्दै मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्न आग्रह गर्नुभयो । डाक्टरहरूका अनुसार नियमित रूपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित खाना खाँदा व्यक्तिको तौल नियन्त्रण भई उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्...
अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २८ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुको उपस्थीतिमा अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक तम्घासमा सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुले पार्टीले लिएको नीतिलाई अवलम्वन गर्दै गाउँसम्म जानुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला संयोजक गीता थापाको अध्यक्षतामा भएको बैठकले आगामी चैत २० मा नेपालगञ्जमा हुने लुम्बिनी प्रदेशको सम्मेलनलाई सफल बनाउनका लागि प्रचार-प्रसार गर्ने र जिल्लाबाट ६० जना प्रतिनिधि पठाउने निर्णय भएको हो ।...
बुटवलमा कार र बाईक ठोक्किदा एक विद्यार्थीको मृत्यु

बुटवलमा कार र बाईक ठोक्किदा एक विद्यार्थीको मृत्यु

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २२ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोक बुटवलमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार बुटवलबाट आउँदै गरेको लु५६प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा२०च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि गँभिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको र कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज