by Bihani Post
साउन १६
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो ।