असार २३,
विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । यस क्रममा अभिनेत्री केकी अधिकारी र संगीतकर्मी विजेश श्रेष्ठले प्रोटोन ब्राण्डका दुई अलग अलग ईभी गाडी किने ।
थापाथलीस्थित प्रोटोनको शोरुमबाट केकीले ५७ लाख रुपैयाँ मूल्य पर्ने प्राइम भेरिएन्ट र विजेशले ६८ लाख पर्ने प्रिमियम गाडी किनेका हुन् । आइतबार उक्त शोरुमको उद्घाटन गर्ने क्रममा केकी र विजेश ग्राहक बनेर पुगेका थिए ।
पछिल्लो समय सेलिब्रेटीमात्र होइन, सर्वसाधारणमा पनि ईभीप्रति आकर्षण देखिएको छ ।’