Breaking News 2

आजको मौसम

आजको मौसम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २३, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा आज मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
उच्च सङ्ख्यामा नेपालमा पर्यटक भित्रिए

उच्च सङ्ख्यामा नेपालमा पर्यटक भित्रिए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख २१, सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।    ...
आफूबसेकै स्थानबाट स्वास्थ्य बीमा पाउन सकिने

आफूबसेकै स्थानबाट स्वास्थ्य बीमा पाउन सकिने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
बैशाख १८, आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपथ्र्यो ।...
निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १६, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने तथा आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गते बसेको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस तथा बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ । बैठकपछि आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औँ बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेक...
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बैशाख १५, पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा हिजो राती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सर्वोत्तम सिमेन्टको खानी नजिकै १५० मिटर तल जिप खस्दा दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्। डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमय भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
विनाशकारी भूकम्पको १० वर्ष पूरा

विनाशकारी भूकम्पको १० वर्ष पूरा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १२, आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए । त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदैछ । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् । भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो । यसैगर...
युवालाई ढुक्क भएर मिसन ०८४ मा लाग्न ओलीको आग्रह

युवालाई ढुक्क भएर मिसन ०८४ मा लाग्न ओलीको आग्रह

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
बैशाख १२, प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्न आग्रह गरेका छन् । बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न जोड दिएका हुन । उनले थपे ‘सरकार चलाउने, सरकारको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुहोस्। मिसन २०८४ मा लाग्नुहोस्।’ युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसकुरामा समेत सचेत रहन सुझाएका थिए ।  ...
पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिइने

पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिइने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख ११, राजावादीहरूको आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख क्षतिपुर्ति दिने भएको छ । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको हो । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।...
शिक्षक आन्दोलन थप चर्काउने चेतावनी

शिक्षक आन्दोलन थप चर्काउने चेतावनी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
बैशाख १०, नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् । २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा हिजो मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए । उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हु...
जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु

जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख ८, जीपमा करेन्ट लागेर आगलागी हुँदा ताप्लेजुङमा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो । करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज