अर्थ

शेयर बजार ३० अङ्कले घट्यो

शेयर बजार ३० अङ्कले घट्यो

अर्थ, ताजा अपडेट, ब्यापार, शिक्षा, समाचार
फागुन २० शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ३६ अङ्कले घटेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।  ...
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छस् प्रचण्ड

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छस् प्रचण्ड

अर्थ, समाचार
फागुन २० नेकपा ओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरू गरेको थिएँ, छुट्टै ऐनबिना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैँन। यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ।’ आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीले आवाज उठाउन आवश्यक रहेको उनले बताए।...
सुनको मूल्य १ हजार ४ सय रूपैयाँले बढ्यो

सुनको मूल्य १ हजार ४ सय रूपैयाँले बढ्यो

अर्थ, शेयर बजार, समाचार
फागुन २० ।  मंगलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

अर्थ, शेयर बजार, समाचार
फागुन २० । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २८७७.२२ विन्दुमा आएको छ । ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो । ३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।...
नेप्से परिसूचक आज घट्यो

नेप्से परिसूचक आज घट्यो

अर्थ, ब्यापार, शेयर बजार, समाचार
साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थ, ब्यापार, शेयर बजार, समाचार
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । जापानी येन १० को खरिददर नौ रुपैया...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज