शेयर बजार ३० अङ्कले घट्यो

फागुन २०
शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ३६ अङ्कले घटेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज