बागमती

प्रचण्ड रिसोर्टमा लडेको खुलासा

प्रचण्ड रिसोर्टमा लडेको खुलासा

ताजा अपडेट, बागमती, समाचार
बैशाख २४, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर सामान्य घाइते भएका छन् । गएराति उनी लडेर सामान्य घाइते भएका हुन् । यसैबीच उनी घरकै बाथरूममा लडेको बताइएको भएपनि उनी रिसोर्टमा लडेको खुलासा भएको छ । उनी ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेका हुन् । उनी आफ्ना आफन्तसहित गएराति रिसोर्टमा बास बस्न पुगेका थिए । त्यही बेला उनी लडेका हुन् । टेरेस रिसोर्ट महँगोमध्येको एक रिसोर्ट पर्दछ । जहाँ सामान्य कोठाको मूल्य ३१ हजार ७ सय २५ रूपैयाँ पर्दछ ।...
आज १९औँ लोकतन्त्र दिवस : युथ सेलिब्रेशन कार्यक्रम गर्दै एमाले

आज १९औँ लोकतन्त्र दिवस : युथ सेलिब्रेशन कार्यक्रम गर्दै एमाले

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
बैशाख ११, नेकपा (एमाले) ले आज १९औँ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्दैछ । जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन युथ सेलिब्रेशन विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट सुरु हुनेछ । कार्यक्रममा पार्टीका ४० वर्ष मुनिका देशभरका करिब १ लाख युवाहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।...
शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, स्वास्थ्य
वैशाख ४, देशभर आगामी शनिबार र आइतबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई खुवाउन लागिएको हो। त्यसैगरी ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइनेछ। नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने छ। पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ। अभियानमा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ। पायक पर्ने ठाउँ स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी स्थानीय तहले गरेका छन्। यो कार्यक्रम हरेक वर्ष प...
त्रिभुवन विमानस्थलमा युवकमाथी कुटपिट गर्ने प्रहरीलाई हटाइयो

त्रिभुवन विमानस्थलमा युवकमाथी कुटपिट गर्ने प्रहरीलाई हटाइयो

ताजा अपडेट, बागमती, समाचार
बैशाख ४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि एकजना युवकमाथि कुटपिट गर्ने विमानस्थलका तीनजना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझालाई दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको हो । चैत ३१ गते दूबईबाट काठमाडौं आएका ओझामाथि विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहार भएको थियो । उनलाई प्रहरीले कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।...
मानाइयो जिब्रो छेड्ने जात्रा

मानाइयो जिब्रो छेड्ने जात्रा

ताजा अपडेट, बागमती, समाचार
वैशाख ३, बिस्का जात्रा अन्तर्गत मंगलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभयो । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ ।...
काठमाडौँको वायु आज पनि अति अस्वस्थकर

काठमाडौँको वायु आज पनि अति अस्वस्थकर

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
चैत २५ वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै दोस्रो स्थानमा छ। सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो। यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ। अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २६० छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ छ। चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन्। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

Breaking News 2, बागमती, राजनीति, समाचार
चैत २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका हुन् ।...
आज को मौसम

आज को मौसम

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत ०९ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू लगायत बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...
यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
फागुन २९ राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ देखि हुने परीक्षामा पाँच लाख आठ हजार तीन सय नब्बे विद्यार्थीले परीक्षा दिने जानकारी दिंदै सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जनाएको छ । यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३३ हजार र ग्रेड वृद्धितर्फ ७५ हजार २४५ परिक्षार्थी सहभागी हुने भएका छन् । यसका लागि २७९ वटा परीक्षा केन्द्र तय भएको जनाइएकोे छ । यसका साथै यो बर्षदेखि सुधार गृहबाटै परीक्षा लिइने व्यवस्था पनि मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । चैत १९ सम्म परीक्षा सञ्चालन हुनेछ ।  ...
आज को मौसम

आज को मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २८ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज