त्रिभुवन विमानस्थलमा युवकमाथी कुटपिट गर्ने प्रहरीलाई हटाइयो

बैशाख ४,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि एकजना युवकमाथि कुटपिट गर्ने विमानस्थलका तीनजना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझालाई दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको हो ।

चैत ३१ गते दूबईबाट काठमाडौं आएका ओझामाथि विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहार भएको थियो ।

उनलाई प्रहरीले कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज