बैशाख १३,
सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुने भएको छ । अहिले बिहान सात तीस बजेका लागि वार्ताको समय तय गरिएको हो ।
यसअघि हिजो वार्ताका लागि शिक्षकहरूलाई बोलाएपनि शिक्षा मन्त्रालयले सवैलाई प्रवेश नदिएपछि शिक्षकहरू सिंहदरबारको गेटबाटै फर्किएका थिए ।
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२
शिक्षक-कर्मचारीहरुले काठमाडौं केन्द्रीत आन्दोलन जारी राखेका छन् । आज २४ औैं दिन पनि शिक्षकहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।
शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाबमूलक गीतहरु बजाएर नाचगान गरेका हुन् ।
शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख १२,
हिजो (विहिबार) सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।
रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
आदेशमा ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’ भनिएको छ ।...
११ बैशाख २०८२, बिहीबार११ बैशाख २०८२, बिहीबार११ बैशाख २०८२, बिहीबार by Bihani PostNo Comments
बैशाख ११,
नेकपा (एमाले) ले आज १९औँ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्दैछ । जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन युथ सेलिब्रेशन विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा पार्टीका ४० वर्ष मुनिका देशभरका करिब १ लाख युवाहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।
विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।...
१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार by Bihani PostNo Comments
बैशाख १०,
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार by Bihani PostNo Comments
बैशाख १०,
जम्मू–कश्मीरको पहलगाममा आतंककारीहरूले पर्यटकहरूमाथि आक्रमण गर्दा एक नेपालीसहित २७ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २७ जनाको मृत्यु भएको भएको हो । मृत्यु हुनेमा नेपालका एक पर्यटक र युएईका एक पर्यटक र दुई जना स्थानीय नागरिक रहेका छन् । बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार लश्कर समर्थित आतंकवादी संगठन टीआरएफले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
एजेन्सी...
१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार१० बैशाख २०८२, बुधबार by Bihani PostNo Comments
बैशाख १०,
कक्षा १२ को परीक्षा सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि तय भएको परीक्षा सारेर २१ गतेदेखि तय गरेको हो ।
शिक्षक आन्दोलनका कारण परीक्षा सम्भव नदेखिएपछि प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलनमा छन् ।
सरकारले शिक्षक आन्दोलनलाई कारण देखाउँदै सरकारले अन्तिम समयमा परीक्षा रोक्दा विकटका हजारौं परीक्षार्थी अनाहकमा दुःख भोग्न बाध्य भएका छन् ।
...
९ बैशाख २०८२, मंगलवार९ बैशाख २०८२, मंगलवार९ बैशाख २०८२, मंगलवार by Bihani PostNo Comments
वैशाख ९,
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
देशभरका शिक्षकहरूले संघीय राजधानीको सडकमा आन्दोलन चर्काएको १९ दिन पुग्दा शिक्षामन्त्री भट्टराईले राजीनामा दिएकि हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् । शिक्षकहरूको आन्दोलनको बीचमा शिक्षामन्त्रीले राजीनामा दिएपछि सरकारमाथि झनै दबाब थपिएको छ ।...
बैशाख ८,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती माग पूरा गरे शिक्षक महासंघको आन्दोलन भोलि नै रोकिने छ ।
शिक्षकहरूको ग्रेड मिलान, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, शिक्षक अस्पताल खोल्ने, उपचार खर्च दिने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायतका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति शिक्षक महासंघसँग भएको जनाइएको छ । त्यति माग पूरा भए आन्दोलन फिर्ता लिने वचन शिक्षकमहासघंको भनाइ छ ।
शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र सञ्चालन रोकिएको छ। ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ। भने वैशाख २ गतेदेखि सञ्चालन हुने भर्ना अभियान सुरु हुन सकेको छैन ।...
बैशाख ७,
पछिल्लो १९ दिनदेखि काठमाडौंका सडकमा प्रदर्शनमा रहेको शिक्षक महासंघले आन्दोलनमा साथ दिन निजी विद्यालयहरूलाई पनि आग्रह गरेको छ। सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधिहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला निजी विद्यालयमा भने शैक्षिक सत्र सुरु भइसकेको छ।
महासंघले विज्ञप्ति नै निकालेर निजी विद्यालय सञ्चालकहरूलाई केही समयका लागि शैक्षिक गतिविधि बन्द गरी आन्दोलनमा साथ दिन भनेको हो। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा अनुरोध छ।’
कक्षा १२ को परीक्षामा संलग्न नहुन सबैमा अपिल गर्दै महासंघले आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका कुनै पनि क्रियाकलाप नगर्न शिक्षक,...