खेलकुद

यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दै

यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
वैशाख ६, १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।  यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो । अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ । यसअघि नेपालले ८ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।...
चारदेशीय टी-२० सिरिज : नेपाल आज कुवेतसँग भिड्दै

चारदेशीय टी-२० सिरिज : नेपाल आज कुवेतसँग भिड्दै

खेलकुद
चैत २८ हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ। यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो। यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ। आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्। यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्। यो खेल नेपाली समयानुसार बिहीबार बिहान ११ः१५ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।...
नेपाली युवा टोलीको अफगानिस्तानमाथि ८५ रनको जित

नेपाली युवा टोलीको अफगानिस्तानमाथि ८५ रनको जित

खेलकुद, समाचार
चैत २७ तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई ८५ रनले हराएको छ। नेपालले १ सय ९२ रनको लक्ष्य अफगानिस्तानलाई दिएको थियो, जुन वर्षाका कारण रोकिएको खेलमा डीएलएस मेथडका आधारमा नेपाल विजयी भएको हो। अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल रोकियो। नेपालका अपराजित पौडेलले २ विकेट लिए, र अन्य चार खेलाडीले १र१ विकेट हात पारे।नेपालले ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाएको थियो, जसमा साहिल पटेल र निरजकुमार यादवले क्रमशः ४६ र ४२ रनको योगदान दिए। अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिए। युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले पहिला नै जितेको थियो, जसमा अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो।नेपाल र अफगानिस्तानको टोली १९ वर्षमुनिको विश्वकप छनोटको तयारीमा रहे...
यू–१९ क्रिकेट विश्वकप एसिया छनोटको खेलको तालिका सार्वजनिक

यू–१९ क्रिकेट विश्वकप एसिया छनोटको खेलको तालिका सार्वजनिक

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
चैत २७ आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् । वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र युएई, वैशाख ५ गते हङकङ र ओमान भिड्ने छन् भने वैशाख ६ गते युएई र हङकङ प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपाल र युएई भिड्ने छन् । आगामी वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते युएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच भिडन्त हुनेछ । &n...
नेपाल १ रनले अफगास्तिानसँग हार्यो

नेपाल १ रनले अफगास्तिानसँग हार्यो

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
चैत २५ अफगानिस्तानको १९ वर्षमुनि टोलीसँगको दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा  नेपाली युवा टोलीले हार व्यहोरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हिजो २४ गते भएको खेलमा नेपाल १ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १ सय २६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २र२ विकेट लिए । योसँगै अफगानिस्तानले तीन खेलको ...
आईपीएल : पञ्जाबले लखनउलाई आठ विकेटले हरायो

आईपीएल : पञ्जाबले लखनउलाई आठ विकेटले हरायो

खेलकुद
चैत २० इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । हिजोको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १७७ रन बनायो । पञ्जाबका प्रभसिमरन सिंहले सर्वाधिक ६९ रन बनाए । कप्तान श्रेयस अय्यरले भने लगातार अर्धशतक पूरा गरे । उनले अविजित ५२ रन बनाए । यसअघि उनले गुजरातसँगको खेलमा पनि अविजित ९७ रन बनाएका थिए । लखनउका दिग्वेश राठीले दुई विकेट लिए । त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । लखनउका निकोलस पुरनले ४४ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यो जीतसँगै पञ्जाब दुई खेलबाट चार अङ्क बटुल्दै शीर्ष दुईमा उक्लिएको छ । लखनउको भने यो लगातार दोस्...
आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

खेलकुद, ताजा अपडेट, समाचार
चैत १९ आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । मतलब दुबै यस मूल्यमा खरिद गरिएको खेलाडी मैदानमा उत्रदैँछन । हामी ऋषभ पन्त र श्रेयस अय्यरको कुरा गर्दैछौं। यी दुई आईपीएल २०२५ का सबैभन्दा महँगा खेलाडी मात्रै नभएर यस लिगको इतिहासमा पनि हुन् । ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको थियो भने जबकि पञ्जाब किंग्सले श्रेयस अय्यरलाई २६.७५ करोड भारतीय रूपैयाँमा स्विकार गरिएको थियो । आइपीएल २०२५ को १३ औँ खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जाइन्ट्सको सामना आज गर्दैछ । यो खेल आईपीएल इतिहासका दुई सबैभन्दा महँगा खेलाडीहरू बीचको भिडन्तको साक्षी पनि हुनेछ, जो आ–आफ्नो टोलीका कप्तान पनि छन्। ऋषभ पन्तको नेतृत्वमा लखनऊ सुपर जायन्ट्सको यो तेस्रो खेल हुनेछ भने श्रेयस अय्यरको पञ्जाब किंग्सले यो सिजनको दोस्रो खेल खेल्दैछन् ।...
आइपिएल क्रिकेट: आज लखनउ र पञ्जाव भिड्दै

आइपिएल क्रिकेट: आज लखनउ र पञ्जाव भिड्दै

खेलकुद, ताजा अपडेट
इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटमा आज लखनउ सुपर जयन्ट्सले पञ्जाव किंग्सको सामना गर्नेछ । खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा शुरु हुनेछ । पञ्जाव लगातार दोस्रो जितको खोजीमा रहेको छ भने लखनउ तीन खेलमा दोस्रो जितको खोजीमा छ । एजेन्सी
महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने

महिला एशियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने

खेलकुद
चैत १५ नेपालले एएफसी महिला एशियन कप २०२६ को छनोटमा आफ्नो समूह चरणको पहिलो खेल लाओससँग खेल्ने भएको छ। एशियाली फुटबल महासङ्घ एएफसी ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल र लाओस बीचको खेल आउँदो जुन २९ मा हुनेछ। नेपालले दोस्रो खेल २ जुलाईमा श्रीलङ्कासँग र तेस्रो तथा अन्तिम खेल ५ जुलाईमा उज्बेकिस्तानसँग खेल्ने तालिका छ। नेपाल समूह ‘एफ’ मा परेको छ, जसको खेल उज्बेकिस्तानमा हुनेछ। फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि रहेको छ, जहाँ उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्। महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेताले आगामी वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कपमा स्थान प्राप्त गर्नेछन्। यस प्रतियोगितामा अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान भने पहिले नै छनोट भइसकेका छन्। एशियन कपमा कुल १२ टोली सहभागी हुने...
आईपीएल : कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

आईपीएल : कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

खेलकुद
चैत १४ इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । कोलकाता २ खेलमा २ अङ्कका साथ छैटौँ स्थानमा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज