ताजा अपडेट

निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

निजी मेडिकल कलेजले चिकित्सकलाई निर्वाह भत्ता दिनुपर्ने निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १६, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने तथा आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गते बसेको १६औँ बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस तथा बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ । बैठकपछि आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औँ बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेक...
आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको छ। यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...
पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बैशाख १५, पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा हिजो राती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सर्वोत्तम सिमेन्टको खानी नजिकै १५० मिटर तल जिप खस्दा दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्। डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमय भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
डोल्पामा भूकम्पको धक्का

डोल्पामा भूकम्पको धक्का

ताजा अपडेट, समाचार
बैशाख १४, डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ । यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १४, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने दिन आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित),आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात...
विनाशकारी भूकम्पको १० वर्ष पूरा

विनाशकारी भूकम्पको १० वर्ष पूरा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख १२, आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते विनासकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार तीन सय ९ घाइते भएका थिए । त्यही विनाशकारी भूकम्पको स्मृतिमा ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदैछ । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित पहाडी गाउँका पाखापखेरामा भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन् । भूकम्पका कारण भत्किएका कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको थियो । यसैगर...
युवालाई ढुक्क भएर मिसन ०८४ मा लाग्न ओलीको आग्रह

युवालाई ढुक्क भएर मिसन ०८४ मा लाग्न ओलीको आग्रह

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
बैशाख १२, प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्न आग्रह गरेका छन् । बिहीबार एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न जोड दिएका हुन । उनले थपे ‘सरकार चलाउने, सरकारको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुहोस्। मिसन २०८४ मा लाग्नुहोस्।’ युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसकुरामा समेत सचेत रहन सुझाएका थिए ।  ...
आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्कन सर्वोच्चको आदेश

आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्कन सर्वोच्चको आदेश

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
बैशाख १२, हिजो (विहिबार) सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’ भनिएको छ ।...
पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिइने

पत्रकार रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिइने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख ११, राजावादीहरूको आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख क्षतिपुर्ति दिने भएको छ । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको हो । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।...
आज १९औँ लोकतन्त्र दिवस : युथ सेलिब्रेशन कार्यक्रम गर्दै एमाले

आज १९औँ लोकतन्त्र दिवस : युथ सेलिब्रेशन कार्यक्रम गर्दै एमाले

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
बैशाख ११, नेकपा (एमाले) ले आज १९औँ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्दैछ । जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन युथ सेलिब्रेशन विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट सुरु हुनेछ । कार्यक्रममा पार्टीका ४० वर्ष मुनिका देशभरका करिब १ लाख युवाहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज