स्वास्थ्य

मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार, स्वास्थ्य
फागुन २९ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अरू रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको ज्यान जाने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताउनुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा आयोजित चेतनामूलक र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै डा. कायस्थले सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने बताउनुभयो । बेलाबेलामा मिर्गौलाको परीक्षण गर्न उहाँको आग्रह छ । यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मिर्गौलामा पनि समस्या देखिने गरेको भन्दै मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्न आग्रह गर्नुभयो । डाक्टरहरूका अनुसार नियमित रूपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित खाना खाँदा व्यक्तिको तौल नियन्त्रण भई उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्...
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी

चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी

समाचार, स्वास्थ्य
फागुन २० सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी दिएका हुन् । मंगलवार काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी र निजी दुबैमा बढाउने गरी सरकार अघि बढिरहेको बताए । उनले भने ‘सरकारीमा पनि तलब बढाउने र निजीमा पनि यस्तो पारिश्रमिकले पुग्दैन । कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्छ । त्यो एकदम कडाइका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन । एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज